
पोखरा, २७ माघ । नेपाल भूतपूर्व (भूपू) खेलाडी मञ्चले पोखरा म्याराथनका बारेमा वडा नं. ३ र १६ का स्थानीयसँग शुक्रबार छलफल गरेको छ ।
कार्यक्रममा सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितालाई सघाउने वडास्थानीयवासीले प्रतिबद्धता जनाएका छन् । मञ्चको आयोजनामा फागुन ६ गते पोखरामा हुने १७ औं संस्करणकोे प्रतियोगितालाई सफल बनाउन मञ्चले महानगरपालिकाका म्याराथन रूट अन्तर्गतका वडाबासीहरूसँग छलफल गर्दै आएको छ ।
वडा ३ मा आयोजित कार्यक्रममा मञ्चका कोषाध्यक्ष महेश पौडेलले म्याराथन रूटको बारेमा जानकारी गराउँदै घर अगाडी आ–आफ्नो संस्थाको ब्यानर, भेषभूषा तथा झाँकीसहित खेलाडीलाई स्वागत गर्न स्थानीयलाई आग्रह गरे ।
वडा अध्यक्ष प्रकाशमान उदासले विगतका बर्षहरूमा जस्तै यसबर्षपनि वडाको तर्फबाट सहयोग हुने बताए । कार्यक्रममा मञ्चका संघ संस्था समन्वय समिति संयोजक उत्तम जोशी, वडा सचिव मोहन ढुंगाना र सदस्य शान्ति पराजुलीले प्रतियोगितलाई सफल पार्नुपर्नेमा जोड दिए ।
त्यस्तै वडा १६ मा भएको कार्यक्रममा मञ्चका प्रथम उपाध्यक्ष दिलबहादुर गुरुङले म्याराथन का बारेमा स्थानीयलाई जानकारी गराएका थिए । त्यस्तै वडा १६ का कावा अध्यक्ष राजकुमारी बानियाँ, वडा सचिव कृष्णप्रसाद आचार्य लगायतले बोलेका थिए । कार्यक्रममा टोलविकास संस्था, आमा समूह, विद्यालयका शिक्षक तथा प्रधानाध्यापकको सहभागिता रहेको थियो ।
खुला म्याराथन ४२.१९५ किलोमिटर, २१.०९७ किलोमिटर हाफ म्याराथन महिला प्रतियोगिता हुने छ । महिला÷पुरुष १० किमि दौड, विद्यालय स्तरीय छात्र÷छात्रा ५ किमि, महिला÷पुरुष ह्विल चियर तथा दृष्टिविहिन दौड र ‘रन फर फन’ समेत आयोजना हुने छ ।
खुला म्याराथन विजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । महिला हाफ म्याराथन विजेताले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
यस वर्षदेखि पोखरा म्याराथनले म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स) को मान्यता प्राप्त गरेको छ । प्रतियोगितालाई सुजल डेरी प्रा.लि.ले २०७२ देखि मुख्य प्रायोजन गर्दै आइरहेको छ ।
के छ पोखरा म्याराथनमा नयाँ आकर्षण ?
– १०० जना भन्दा बढी विद्यार्थी सहभागी गराउने विद्यालय लाई समापन समारोहमा सम्मान पत्र प्रदान गरिने छ।
– ५ कि.मि. दौड पुरा गर्ने ३०० जना छात्र र २०० जना छात्रा विद्यार्थीलाई मेडल प्रदान गरिने ।
– १० कि.मि. दौड पुरा गर्ने २०० जना महिला र १०० जना पुरुष धावकलाई मेडल प्रदान गरिने ।
– म्याराथन र हाफ–म्याराथन पुरागर्ने सबै धावकलाई फिनिसर मेडल प्रदान गरिने ।
– सबै धावकहरुलाई सहभागीताको ई–प्रमाण पत्र प्रदान गरिने । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका लागी रु ३०० मा नाम दर्ता गर्ने व्यवस्था समेत गरेको छ । सोको लागि विद्यार्थी परिचय–पत्र अनिवार्य रुपमा पेस गर्नुपर्ने मञ्चले जनाएको छ ।










पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




