
काठमाडौं, २ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आजदेखि घरेलु मैदानमा सुरुआत भएको खेलमा नेपालले पहिले फिल्डिङ गरिरहेको छ ।
यतिबेलासम्म नामिबियाले ४० ओभर खेल्दै ४ विकेटको क्षतिमा १९० रन बनाएको छ । नामिबियाका माइकल लिगेनले शतकको नजिक छन् । उनी ११५ बलमा ९९ रनमा अविजित रहेका छन् । यसैगरी गेर्हार्ड एरास्मसले ५६ रन बनाएका थिए ।
नेपालले आज सन्दीप लामिछानेलाई पनि मैदानमा उतारेको छ । नाबालिक बलात्कारको आरोपपछि करिब–करिब पाँच महिनापछि सन्दीपले टोलीमा पुनरागमन गरेका हुन् । बलिङतर्फ सन्दीप लामिछाने, कुशल मल्ल, करण केसी र सोमपाल कामीले समान १-१ विकेट लिएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । यससँगै नामिबियाले पहिले ब्याटिङ गरिरहेको छ । नेपालले आफ्नो दोस्रो खेल स्कटल्याण्डसँग फागुन ५ गते खेल्नेछ । सिरिजमा नेपाल २४ खेलमा १८ अङ्क जोडेर अङ्कतालिकाको छैटौँ स्थानमा रहेको छ । यता नामिबिया ३० खेलमा ३७ अङ्क जोडेर अङ्कतालिकाको तेस्रो स्थानमा रहेको छ ।
यसैगरी स्कटल्याण्ड ३२ खेलमा ४६ अङ्कसहित शीर्षस्थानमा छ भने ओमान ३६ खेलमा ४४ अङ्कसहित दोस्रो स्थानमा छ । ३६ खेलमा ३५ अङ्क जोडेको अमेरिका चौथो स्थानमा भने पाँचौँ स्थानको युएईको २६ खेलमा २७ अङ्क छ । सातौँ स्थानको पपुवा न्युगिनीको २८ खेलमा पाँच अङ्क रहेको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




