‘म पनि दौडिन्छु, तपाँई पनि दौडिनुस् है’ : मेयर आचार्य

-



     सफल आवाज    
     फागुन ५ गते २०७९ मा प्रकाशित



पोखरा, ५ फागुन । “म पनि दौडिनका लागि तयारी अवश्थामा रहेको छु । तपाँईहरु पनि पोखरा म्याराथनमा दौडिन आउनु होला । महानगरको निम्तो छ ।”

याे माथिको भनाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको हो । मेयर आचार्यकै पहलमा आज पोखरामा आयोजना गरिएको वडा नं १ देखि १७ सम्मका वडाध्यक्ष र नेपाल भूतपूर्व खेलाडी मञ्चका पदाधिकारीसंगको छलफलमा मेयर आचार्यले सो कुरा बताएका हुन ।

आचार्यले फागुन ६ गते शनिबार पोखरामा आयोजना हुन लागेको पोखरा अन्तराष्ट्रिय म्याराथनलाई सफलतापूर्वक सम्पन्न गर्न पोखरा महानगर दिल लगाएर अघि बढेको जानकारीसमेत् दिए ।

राष्ट्रिय मात्रै नभएर अन्तराष्ट्रिय छवि बनाएको पोखराको गौरब गर्न लायकको प्रोडक्ट हो । मेयर आचार्यले भने, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक तथा प्राकृतिक विविधताले भरिपूर्ण पोखरामा आयोजना गरिने अन्तराष्ट्रिय म्याराथनलाई आगामी दिनमा चाहिनेजति बजेट छुट्याएर महानगरले साथ दिने प्रतिवद्धता व्यक्त गरे ।

मेयर आचार्यकै पहलमा म्याराथनको रुटमा पर्ने पोखराका १ देखि वडा नं १७ सम्मका वडाध्यक्षहरुसंगको बैठकमा मेयर आचार्यले आआफ्नो टोलमा सरसफाई तथा सडकमा भएका ससाना समस्याहरुलाई तत्काल मिलाउन निर्देशन दिए ।

यो हाम्रो कार्यक्रम हो । म्याराथनसंग पोखरा गाँसिएको छ । सिटिमा आयोजना हुने भएकोले आयोजक व्यवश्थापक मात्रै हो । त्यसैले यो पोखरा महानगरको कार्यक्रम पनि भएकोले राष्ट्रको जेठो र गर्विलो म्याराथनलाई सघाउन नगरवासिलाई म आग्रह गर्दछु ।

नेपाल भूतपूर्व खेलाडी मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले पोखराको म्याराथनलाई विश्वले हेर्ने नजर नै फरक भईसकेको बताए । अहिले हामीलाई म्याराथनहरुको अन्तराष्ट्रिय संस्थाले मान्यता दिएको छ । उसले सूचकिरणमा राखेको छ । गुरुङले भने, एम्सको नेतृत्व पोखरामा आएर म्याराथनको रुटको नापजाँच गरेर गएको र उत्कृष्ट रहेको बताएको छ ।

यहाँ आयोजना हुने म्याराथन विविधतायुक्त छ । गुरुङले भने, खेलाडीहरुले तालको छेउबाट दौडिने, हिमाल हैर्दै, मन्दिर, मस्जिद, गुम्बा लगायत पवित्र स्थलहरुलाई दाँयाबाँया पारेर दौडिने गर्छन । आमा तथा बाबा समूह, नगरवासिले ठाउँ ठाउँमा बसेर स्वागत सत्कार गर्ने संस्कृतिको विकास भएकोलेले विश्वमै यो अदितिय रहेको छ ।

अध्यक्ष हरिप्रसाद पराजुलीले म्याराथनका विविध पक्षका बारेमा प्रकाश पारेका थिए । म्याराथनका रुटहरु रहेका पोखरा वडा नं १ देखि १७ सम्मका स्थानीयले आफ्नो क्षेत्रमा रहेर खेलाडीको हौसला बढाउन उनले आग्रह गरे । उनले तीनवटै सरकारले अपनत्व ग्रहण गरेकाे याे प्रतियाेगिताले पर्यटन तथा सामाजिक एकतामा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रतियोगितामा ४२ किमि दौड, २१ किमि दौड, १० किमि दौड, ५ किमी दौड सामेल गरिएको छ । ४२ किमि दौडका विजेताले पाँच लाख पुरस्कार पाउनेछन् । दोश्रोले तीन लाख, तेश्रोले दुई लाख र चौथो हुनेले तीस हजार पाउने छन् । म्याराथन ४२ किमि गण्डकी प्रदेश स्तरीय पनि हुनेछ । यसका विजेताले ५० हजार, दोश्रोले ३० हजार र तेश्रो हुनेले २० हजार पाउनेछन् ।

हाफ म्याराथन महिलातर्फ विजेताले १ लाख ५० हजार, दोश्रोले १ लाख, तेश्रोले ७५ हजार चौथो हुनेले १५ हजार पाउनेछन् । १०० किमि दृष्टिबिहिन महिला पुरुष दौडमा पहिलो हुनेले १० हजार, दोश्रोले ७ हजार र तेश्रोले रु पाँच हजार पाउनेछन् ।

यस्तै ह्वीलचेयर ४ सय मिटर पुरु, १ सय मिटर महिलातर्फ विजेताले १० हजार, दोश्रोले ७ हजार र तेश्रो हुनेले ५ हजार पाउनेछन् । यस्तै १० किमि महिला दौडमा पहिलो हुनेले ३० हजार, दोश्रोले २० हजार र तेश्रो हुनेले १५ हजार पाउनेछन् । ५ किमि छात्रटात्रा दौडमा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रो हुनेले रु ७ हजार पाउनेछन् ।

कार्यक्रममा सहभागि वडा वडाध्यक्षहरुले आआफ्नो वडामा वडावासिहरु खेलाडीको हौसला बढाउन तयारी अवश्थामा रहेको बताए । उनीहरुले कोहि सडक छेउमा बसेर स्वागतका लागि रहनेछन् भने कोहि रन फर फनका लागि दौडिन रंगशालामा जम्मा हुनेछन् ।

स्मरण रहोस् पोखरा अन्तराष्ट्रिय म्याराथनको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरा रंगशालामा उद्घाटन गरेपछि बिहान ठीक ७ बजे शुरु हुने मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले बताए । कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, प्रथम उपाध्यक्ष दील बहादुर गुरुङ, काेषाध्यक्ष महेश पाैडेल, म्याराथन रुटमा परेका १७ वडाध्यक्ष तथा महानगरका कर्मचारीहरुकाे सहभागिता थियाे ।

कार्यक्रम सन्चालन मञ्चका महासचिव कृष्ण चिमिल्सिनाले गरेका थिए भने अध्यक्षता मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले गरेका थिए ।