वीर अस्पतालले बर्न वार्ड सञ्चालन गर्ने

-



     सफल आवाज    
     फागुन ६ गते २०७९ मा प्रकाशित



काठमाडौैँ, ६ फागुन । वीर अस्पतालमा अब ‘बर्न वार्ड’ सञ्चालन हुने भएको छ । वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले ३ महिनाभित्रमा वार्ड सञ्चालनमा ल्याउने बताएका हुन । विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि बर्न सेवा बन्द भएको थियो ।

“३ महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष, शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्ने छौँ”, उनले भने, “अब जलन भएका बिरामीको उपचार यहा नै गर्नेछौँ ।” अस्पतालले नयाँ भवनमा याे वार्ड सञ्चालन गर्ने पाैडेलले बताए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले शुक्रबार डा पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए ।

यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको जिम्मेवारी डा भूपेन्द्र बस्नेतले पाएका थिए ।