स्क्वाशका पूर्व राष्ट्रिय खेलाडी शाक्यको निधन

-



     सफल आवाज    
     कार्तिक १८ गते २०७७ मा प्रकाशित



पाेखरा,१८ कार्तिक । स्क्वाशका पूर्व राष्ट्रिय खेलाडी बिकासरत्न शाक्यको अाज निधन भएको छ । ५३ वर्षीय शाक्यको उपचारको क्रममा पोखराको चरक मेमोरियल अस्पतालमा निधन भएको संघका सचिब प्रविनकुमार पालिखेले जानकारी दिएका छन । उनी सन २००५ मा स्क्वाश प्रतियोगिताको च्याम्पियन भएका थिए भने २०६८ सालमा सम्पन्न छैटौ राष्ट्रिय खेलकुदमा गण्डकी अञ्चलबाट सहभागिता समेत जनाएका थिए ।

संघका संस्थापक समेत रहेका पोखरा ३ तेर्सापट्टी निवासी शाक्यका श्रीमती, १ छोरा र २ छोरीहरु रहेका छन । संघका अध्यक्ष पुष्पराज श्रेष्ठले पोखराको स्क्वाश खेलको बिकासका लागि निरन्तर खटिने एक व्यक्तित्व गुमाएको भन्दै उनको निधनमा गहिरो दुःख व्यक्त गरेका छन ।

उनीप्रती श्रद्धाञ्जली व्यक्त गर्न पोखरा रंगशालामा हुँदै आएको स्क्वाश प्रशिक्षण दुई दिनका लागि स्थगित रहने समेत बताइएकाे छ ।