आठौं संस्करणको नदीपुर भलिबल प्रतियोगिताको उपाधि छन्त्याल ब्रदर्सलाई

-



     सफल आवाज    
     फागुन १५ गते २०७९ मा प्रकाशित



पोखरा, १५ फागुन । स्व.मेजर चन्द्र बहादुर पहरे पुनको स्मृतिमा पुन एकता क्लवले फागुन ९ गतेदेखि आयोजना गरेको आठौं संस्करणको नदीपुर भलिबल प्रतियोगिताको उपाधि छन्त्याल ब्रदर्सले जितेको छ ।

आज भएको फाइनल खेलमा छन्त्याल ब्रदर्सले नेपाल प्रहरीको गण्डकी तालिम केन्द्रको टीमलाई हराउँदै उपाधि जित्न सफल भएको हो । विजेता छन्त्याल ब्रदर्सले नगद १ लाख ५ हजार, शिल्ड र प्रमाण प्राप्त गरेको छ । उपविजेता नेपाल प्रहरीको गण्डकी तालिम केन्द्रको टीमले नगद ७० हजार, शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ ।

महिलातर्फ नेपाल प्रहरीको गण्डकी तालिम केन्द्रको टीम विजयी भएको छ । विजेता टीमले नगद ५० हजार, शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता आयोजक नदीपुरले नगद ३० हजार, शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रौढतर्फको उपाधि पोखरा भेट्रान्सले जितेको छ । विजेता टीमले नगद ३० हजार, शिल्ड र प्रमाण पत्र पाएको छ । उपविजेता पोखरा वडा नंं १६ ले नगद २० हजार, शिल्ड र प्रमाण पत्र पाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी प्रौढतर्फ पोखरा भेट्रान्सका पुष्पमान श्रेष्ठ घोषित भए । पुरुषतर्फ छन्त्याल ब्रदर्सका उमेश सेन्चुरी र महिलातर्फ नेपाल प्रहरी गण्डकी तालिम केन्द्रकी कोपिला राना उत्कृष्ट खेलाडी घोषित भएका खेल सम्याेजक निशान थकालीले बताए।

समापन समारोहको प्रमुख अतिथि कर्पाकेली समाजका अध्यक्ष रणसिंह गर्बुजाले समाजले विभिन्न सामाजिक काममा सरिक भई काम गर्दै आएको बताए । उनले समाजका हरेक काममा युवाको साथ रहेको र उनीहरुको काममा समाजले सहयोग गर्दै आएको बताए । आगामी दिनहरुमा पनि समाज तथा क्लवले आयोजना गर्ने कुनै पनि कार्यक्रमका सरिक भईदिन अनुरोध गरे ।

क्लवका अध्यक्ष सुदिप पुनले प्रतियोगितालाई सफल पार्न देश विदेशमा रहनु भएका दाजुभाईको सहयोग अतुनिय रहेको बताए । आगामी दिनमा पनि क्लवले गर्ने कार्यक्रममा साथ सहयोगको अपेक्षा गरेको बताए ।