
काठमाडौं, २८ फागुन । नेपालले युएईलाई १७७ रनले पराजित गरेको छ । याेसंगै नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यतालाइ कायम राखेको छ ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालद्वारा युएई १७७ रनले पराजित गरेको भएकाे हाे आजकाे जितसँगै नेपालले २ खेल खेल्नु पहिले नै एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै राख्न सफल भएकाे छ ।
युएईलाई नेपालले २४९ रनको लक्ष्य दिएकाे थियाे । युएईले २२ ओभर ५ बलमा अलआउट हुदै ७१ रन मात्र बनाउन सक्यो । युएईका लागि आयान खानले २९ रनको याेगौान दिए । भाल्थापाले १४ रन तथा कार्तिक मैयप्पनले ११ बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि ललित नारायण राजवंशीले ५ तथा सन्दीप लामिछानेले २ विकेट लिन सफल भए । पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुदै २४८ रन बनाउन सफल भएकाे थियाे। नेपालका लागि कप्तान रोहित पौडेलले ११२ बलमा ७७ रनको अर्धशतकीय पारि खेले। कप्तान पौडेलले ९ चौका प्रहार गरे । दीपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन बनाए भने आरिफ शेखले ५२ बलमा ४३ रन बनाए । गुलसन झाले ३२ बलमा ३७ रन र झाले ३ छक्का र १ चौका प्रहार गरेका थिए । भिम सार्कीले ३७ बलमा २९ रन बनाएका थिए।
नेपालले दोस्रो ओभरमा पहिलो विकेट गुमाएको हाे । ७ ओभर १ बलमा ३ विकेट गुमायाे । चौथो विकेटका लागि कप्तान रोहित पौडेल र भिम सार्कीले अर्धशतकिय साझेदारी गरे । नेपालले ७६ रन हुँदा चौथो विकेट गुमाएको थियो । चौथो विकेट पछि क्रिजमा गएका आरिफ शेख र रोहित कुमार पौडेलले अर्धशतकीय साझेदारी गरेपछि नेपाल बलियो भएकाे हाे ।
युएईका लागि जाहोर फरिद,जाहोर खान,रोहन मुस्ताफा र आयान खानले समान २/२ तथा आर्यान लाक्रा र जुनेद सिद्धिकीले समान १/१ विकेट लिएका थिए । यो जितसँगै विश्वकप लिग टूको शीर्ष ३ मा रहने सम्भावना सकिएको युएईको एकदिवसीय अन्तराष्ट्रिय मान्यता समेत जोखिममा देखिएकाे छ ।
सात देश सम्मिलित विश्वकप लिग टूमा नेपालले ३४ खेलमा १७ मा जित तथा १५ मा हार व्यहारेको छ । नेपाल ३६ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा रहेको छ । युएई ३४ खेलमा १४ खेलमा जित र १७ खेलमा हार व्यहोरेको छ । ३१ अंक जोडेर युएई छैटौं स्थानमा छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




