गुजरातले पञ्जाबलाई ६ विकेटले हरायो

-



     सफल आवाज    
     वैशाख १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ वैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार भएको खेलमा साविक विजेता गुजरात टाइटन्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।

यस सिजन तेस्रो जितपछि गुजरात तेस्रो स्थानमा उक्लेको छ । राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्ससँग समान अंक भए पनि रनरेटमा गुजरात पछि छ ।

पञ्जाबले दिएको १५४ रनको लक्ष्य गुजरातले १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।