
कास्की, २५ कात्तिक । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आगामी फागुन अन्तिम साता गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता तोकिएको मितिमा आयोजना गर्न कोरोना सङ्क्रमण चुनौतीका रुपमा रहेको बताएका छन ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति तथा जिल्ला खेलकूद विकास समिति कास्कीले साेमबार बेलुका पोखरामा आयोजना गरेको स्वागत कार्यक्रममा उनले आगामी मङ्सिर १५ सम्म कोरोना सङ्क्रमण कम भएर अवस्था सहज भएकाेमा प्रतियोगिता निर्धारित समयमै आयोजना हुने स्पष्ट पारे । तीन महिनाका अवधिमा प्रतियोगिता तयारी, खेलाडी प्रशिक्षणलगायत काम सम्पन्न गर्न सकिने भएकाले निर्धारित समयमै प्रतियोगिता आयोजना हुनेमा आफूहरु आशावादी रहेको सदस्य सचिव सिलवालले बताए ।
प्रतियोगिताका लागि पोखरामा एकदुई खेलका पूर्वाधारबाहेक अन्य सबै पूर्वाधार तयारी अवस्थामा रहेकाले समेत प्रतियोगिता सञ्चालन गर्न कठिन नहुने उनले उल्लेख गरे । गण्डकी प्रदेशका ११ वटै जिल्लामा न्यूनतम एउटा खेल सञ्चालन गर्ने योजना रहेको बताउँदै सिलवालले खेलाडी, प्रशिक्षक, खेल सङ्घ, पत्रकारिता जगत्लगायतको सहयोगबाट पोखरा खेलकूदको शहरका रुपमा विकास हुँदै गएको बताए । उनले निर्माणाधीन पोखरा फुटबल रङ्गशालाको दर्शक क्षमता १६ हजार ५०० बाट बढाएर २० हजार पु¥याइने जानकारी पनि दिए ।
परिषद्का सदस्य राजेशकुमार गुरुङले सबैको साथ र सहयोगबाट पोखरामा गत वर्ष १३ औंसागका आठ खेल सम्पन्न भएको बताउँदै उनले सागपछि पोखरा रङ्गशालामा खेलकूद पूर्वाधारका विकास भएको जिकिर गरे ।रासस/तस्वीर:कृष्ण दवाडी








पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन… 




