
पोखरा, २३ बैशाख । बर्ष उत्कृष्ट पुरुष खेलाडी तर्फको अर्वाड क्रिकेटका करण केसी र बर्ष उत्कृष्ट महिला तर्फको अवार्ड फुटबलकी सावित्रा भण्डारीले हात पारेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार पोखरामा आयोजित सातौं संस्करणको पोखरा स्पोर्टस अवार्डमा उनीहरुले अवार्ड जित्न सफल भए । दुवै जनाले टेल्जी नेपालको इलेक्ट्रिक स्कुटर र ट्रफी प्राप्त गरे ।

लाइफटाइम अचिभमेन्ट अवार्डबाट बक्सिङका प्रशिक्षक विद्याप्रसाद मर्सानी सम्मानित भए । उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरियो । बर्ष उत्कृष्ट प्रशिक्षकबाट आर्चरीका किशोरकुमार गुरुङ सम्मानित भए । उनलाई नगद ३५ हजार, ट्रफी र सम्मानपत्रले सम्मान गरियो ।
बर्ष उत्कृष्ट खेलकुद संस्थाको अवार्ड कास्की जिल्ला ह्याण्बल संघले प्राप्त ग¥यो । बर्ष उदियमान खेलाडीको अवार्ड क्रिकेटका सुवास भण्डारीले प्राप्त गरे । बर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनाले प्राप्त गरे । उनीहरुले नगद ३५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
नवौं राष्ट्रिय खेलकुदका क्रममा ज्यान गुमाएका प्याराग्लाइडिङका खेलाडी नीसिन थापाको योगदानको कदर गर्दै उनको परिवारलाई कीर्तिशेष सम्मानबाट सम्मानित गरियो । अवार्ड विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, प्रतिनिधिसभा सदस्य विद्या भटराई, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, मञ्चका अध्यक्ष दीननाथ बराल लगायते पुरस्कार वितरण गरे ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले पोखरामा राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन पहल गर्ने र यसका लागि बजेट विनियोजन गरिने प्रतिवद्धता जनाए । खेलकुदमा राजनीति हुन नहुने उनको भनाइ छ । राखेपका सदस्य सचिव घिसिङले पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा जोड्न आफूले प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।










पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




