
काठमाडौं, १४ माघ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशमाथि एक सय ६४ रनको फराकिलो अन्तरले जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले प्रस्तुत गरेको दुई सय ८० रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश २९ ओभरमा सबै विकेट गुमाउँदै एक सय १५ रनमै समेटियो ।
कर्णालीका लागि हिमान्शु शाहीले १९, दिवान पुनले १८ तथा विपिन शाहीले १४ रन बनाए । त्यसैगरी, कप्तान रवीन्द्र शाही, निश्चल रावल र दीपेन्द्र रावतले समान १२÷१२ रन जोडे ।
आर्मीका लागि विवेक यादव र कुशल मल्लले समान तीन÷तीन विकेट लिए भने सोमपाल कामीले दुई तथा साहब आलामले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ७९ रनको योगफल तयार पारेको थियो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक एक सय रनको योगदान दिए । उनले एक सय ३२ बलमा ६ चौका र तीन छक्काको मद्दतमा अविजित एक सय रन जोडेका हुन । यसैगरी, बसिर अहमदले अविजित ९८ रन जोडे भने भीम सार्कीले २५, कुशल मल्लले २१ तथा सन्तोष कार्कीले ११ रन बनाए ।
कर्णालीका लागि दीपेन्द्र रावतले दुई विकेट लिए भने प्रकाश जैसी, दिनेश अधिकारी र दिवान पुनले समान एक विकेट लिए । यस जितसँगै आर्मीले सात खेलमा १० अङ्क जोडेको छ ।
आर्मी अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यता पराजित कर्णाली भने आठ खेलबाट ६ अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




