
गण्डकी, १४ माघ । साविक विजेता सङ्कटा क्लबलाई ३–० गोलले पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालाका आज भएको क्वाटरफाइनल खेलमा आर्मीका लागि दिनेश हेन्जनले दुई र जिलेस्पीजङ्ग कार्कीले एक गोल गरे । दिनेशले खेलको दोस्रो मध्यान्तरको ४८औँ मिनेटमा र ७६औँ मिनेटमा गोल गरे भने जिलेस्पीजङ्गले पहिलो मध्यान्तरको ४५औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
आर्मी अब मङ्गलबार हुने चर्च ब्वाइज र एपीएफ क्लबबीचको खेलको विजेतासँग सेमिफाइनल खेल्नेछ । यसअघि शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भूटानको पारो फुटबल क्लबलाई २–० गोलले हराउँदै थ्रिस्टार क्लबले प्रतियोगिताको अन्तिमा चार स्थान पक्का गरेको थियो ।
तेस्रो क्वाटरफाइनल खेल सोमबार मनाङ मस्र्याङ्दी र जावलाखेल युथ क्लबबीच हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
प्रतियोगितामा भूटानको पारो फुटबल क्लबसहित साबिक विजेता सङ्कटा क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, मनाङ मस्र्याङ्दी, जावलाखोल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रिस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लबले सहभागिता जनाएको क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिए।
प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार प्राप्त गर्ने छन् । प्रि–क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई जनही रु २०÷२० हजार, क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई रु ३०÷३० हजार तथा सेमिफाइनल विजेता र पराजित दुवै टोलीलाई रु ५०÷५० हजार पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुनेछ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




