
सकारात्मक सोच र अनुकुलताको अपेक्षाका साथ सुरु गरिएको राष्ट्रिय न्युज पोर्टल सफल आवाज डटकम (www.safalawaj.com) आजबाट पाँचौं वर्षमा प्रवेश गरेको खुसी यहाँहरुसँग बाँड्न पाउँदा गर्व लागेको छ ।
सफल आवाजको सफलता उन्मुख यात्राको सहयात्री बन्नुहुने आदरणीय पाठकवर्ग, शुभेच्छुक, विज्ञापनदाताज्यूहरु तथा सहकर्मी साथीहरूप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछौं ।
स्थापनाको समयमा कोभिडको महामारी र पछिल्लो समयको अस्थिर राजनीतिका कारण व्यावसायिक क्षेत्रमा परेकोे नकारात्मक प्रभाव लगायत चुनौती सामना गर्नुको हामीलाई पनि विकल्प थिएन । त्यही चुनौती पार गर्नुलाई नै सफलता मानेर अघि बढिरहँदा पाँचौं वर्षको यात्रा तय गरेका छौं । हाम्रो आँटलाई तपाईं पाठक, शुभेच्छुक, विज्ञापनादाताहरुको दरिलो साथको सहकार्य अत्यन्त फलदायी रहेको अनुभूत गरेका छौं ।
यतिबेला विश्वबजारका मिडिया हाउसहरु द्रुतगतिमा डिजिटल प्रविधिमा गइरहेको अवस्थामा हामीले ४ वर्षअघि सुरु गरेको डिटिजल यात्रा उपयुक्त थियो भन्ने कुरा सूचना प्रविधिमा आएको वहार र यसप्रति मानिसहरुको आकर्षणले सावित गरिदिएको छ । अबको भविष्य पनि डिजिटल पत्रकारिताकै हो र सूचना तथा समाचार सम्प्रेषणको भरपर्दाे माध्यम अनलाइन न्युजहरु नै हुन भन्नेमा द्विविधा रहेन ।
समयानुसार परिस्कृत र खँदिला सामग्रीसहित अघि बढ्नुपर्छ भन्ने मान्यतामा हामी दृढ छौं । पत्रकारिताको मूलभूत सिद्धान्त र धर्मलाई कुनै पनि मूल्यमा सम्झौता नगर्न हामी सधैं प्रतिबद्ध छौं, रहिरहने छौंं ।
अर्थ, विकास, शिक्षा, स्वास्थ्य र सामाजिक आयामहरुमा हाम्रो पत्रकारिता केन्द्रित छ । लोकतन्त्र र प्रेस स्वतन्त्रताको पहरेदारी गर्नु मूल कर्तव्य हो भन्ने बोध गर्दै हामीले पत्रकारिताको अभ्यास गरिरहेका छौं ।
त्यसकै जगमा रहेर हाम्रो यात्रा यहाँसम्म आइपुगेको हो । आफ्ना कर्तव्य र व्यावसायिक धर्ममा किञ्चित बिचलित नहुने प्रतिबद्धतासहित यहाँहरुको निरन्तर सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं । धन्यवाद !
दुर्गाप्रसाद हुमागाईं
प्रकाशक तथा प्रधान सम्पादक








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




