कर्णालीलाई २ वीकेटले पराजित गर्दै जनकपुर बोल्ट एनपिएलको फाइनलमा

-



     सफल आवाज    
     पौष ४ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ४ पुस । नेपाल प्रिमियर लिगको फाइनलमा जनकपुर बोल्ट र सुदुरपश्चिम रोयल्स खेल्ने भएका छन्।

आज त्रिबि क्रिकेट मैदानमा भएकाे खेलमा कर्णाली याक्सलाई २ वीकेटले पराजित गर्दै जनकपुर बोल्ट एनपिएलको फाइनलमा पुगेको हो।

कर्णाली याक्सले दिएको ११९ रनको लक्ष्य १९ ओभरमा पुरा गरेकाे जनकपुरले फाइनल खेलकाे लागि स्थान बनाएकाे छ । खेलमा जनकपुरका जिमी निशमले सर्वाधिक ४५ रन जोडे ।

सुदुरपश्चितले बुधबार जनकपुर बौल्टसलाई हराउँदै फाइनलमा पुगेको हाे । लिग चरण र प्लोअफको दुबै खेलमा जनकपुरले सुदुरपश्चिमसँग नै पराजित भएकाे थियाे ।

जनकपुर र सुदुरपश्चित बीचकाे फाइनल खेल शनिबार हुनेछ।