पोखरामा पुस २६ र २७ गते एमेच्योर फुटसल प्रतियोगिता हुने

-



     सफल आवाज    
     पौष २५ गते २०८१ मा प्रकाशित



पोखरा, २५ पुस । पोखरामा एमेच्योर फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । भिन्तुना युवा क्लब पोखराको आयोजना प्रथम एमेच्योर फुटसल प्रतियोगिता हुन लागेको हाे ।

यहि पुस २६ र २७ गते सञ्चालन हुने प्रतियोगिताको बिजेताले १ लाख ११ हजार १सय ११, उपिवजेता हुने टोलीले ५५ हजार ५सय ५५ नगद सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक अनिरुद्र उदासले बताए ।

यस्तै प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट खेलाडी,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट गोलकिपर,सर्वाधिक गोलकर्ता,फेयर प्ले टिमले समान ५ हजार प्राप्त गर्ने छन्।

प्रतियोगिताको सेमिफाईनल र फाईनलमा म्यान अफ दि म्याचलाई नगद १ हजार र ट्रफी प्रदान गरिने संयोजक उदासले उल्लेख गरे । पोखराको गैह्रापाटनमा रहेको स्पोर्टस क्यासलमा सञ्चालन हुने प्रतियोगितामा दर्ता शुल्क ६ हजार तोकिएको छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख रुपैँया लाग्ने र २५ टिमको सहभागिता हुने संयोजक उदासले खुलाए । वि.सं २०५९ सालमा स्थापित भएको भिन्तुना युवा क्लबले स्थापना काल देखि नै विभिन्न सामाजिक कार्यहरु गर्दे आई रहेको छ ।

यस प्रतियोगिताबाट बचत भएको रकम पनि सामाजिक कार्यमा नै खर्चिने क्लबका अध्यक्ष मनोज शिल्पकारले बताए । खेलको माध्यमबाट युवाहरुलाई संगठित गरि भाईचाराको विकास गर्नको लागि पनि फुटसल प्रतियोगिता आयोजना गर्न लागेको क्लबका स्वास्थ्य एंव आर्थिक संयोजक राजन श्रेष्ठले जानकारी दिए ।

कार्यक्रम नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य तथा अधिवक्ता सरिता तिमिल्सिना पगेनीले गरेकी थिइन् ।