
पोखरा, २७ पुस । ताङ्वे समाज सेवा संघ पोखरा ५ पस्र्याङले शैक्षिक सम्मान र तारा खेल कार्यक्रम समापन गरेको छ ।
शनिबार पोखराको पस्र्याङमा रहेको समाज घरमा भएको नयाँ वर्ष ढुक ल्हो(२०२५) एवं छउ पर्वको अवसरमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।
समाजले २०५७ सालदेखि एसइई, प्लसटु, स्नातक र स्नातोकोत्तर तह उत्तीर्ण गर्ने ताङ्वेतानीलाई हरेक वर्ष सम्मान गर्दै आइरहेको अध्यक्ष कर्साङ छवाङले बताए ।
कार्यक्रममा स्नातोकोत्तर र स्नातकमा तहमा उतकृष्ट अङक सहित उत्तीर्ण गर्ने क्र्रमस रिक्का गुरुङ र अस्मी गुरुङलाई १० हजार नगद र सम्मानपत्रले सम्मान गरिएको थियो ।
त्यस्तै कक्षा १२ मा उतकृष्ट अङक सहित उत्तिर्ण प्रमिल गुरुङ, सुहान गुरुङ र निमार्ण गुरुङ लाई ५ हजार ६ सय ८५ नगद र सम्मानपत्रले सम्मान गरिएको थियो भने एसइईतर्फ उकृष्ट अङक प्राप्त गर्ने ऐस्ना गुरुङ, बिओङका गुरुङ सिम्रन गुरुङ समेत सम्मान गरिएको थियो।
समाजमा २ दिनसम्म सञ्चालन भएको तारा खेल समापन गर्दै बिजेतालाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा प्रा.डा माया लामाले नयाँ वर्ष ढुक ल्हो (२०२५) एवं छउ पर्वको शुभकामना व्यक्त गर्दै आफ्नो बुबा र श्रीमानको सम्मानमा ५ वर्षको लागि, स्नातक र स्नातोकोत्तर तह उत्तीर्ण गर्नेहरूलाई प्रोत्साहनस्वरुप १० हजार प्रदान गर्दै आइरहेको बताइन् ।
कार्यक्रममा संघका सचिव चेतन आनन्द सिंह, कोषाध्यक्ष फुर्प छिरिङलगायतले बोलेका थिए।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




