
पोखरा, २८ पुस । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा सिक्लेस युवा क्लवको ३० औं वार्षिकोत्सव तथा सिक्लेस माघे संक्रान्ति मेला २०८१ माघ १ गतेबाट आयोजना गर्न लागिएको छ ।
आज पोखरामा पत्रकार सक्केलन गरेर मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । मेलाका प्रमुख अतिथि नेपाल सरकारका प्रवक्ता, संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ रहने क्लवले जनाएकाे छ ।
क्लवका अध्यक्ष भोलामान गुरुङले खलकुदमार्फत आपसि भाइचाराको भावना विकास गराई पर्यटन प्रवर्धन गर्ने उदेश्यले “ग्रामिण पर्यटन प्रवर्धनका लागि सिक्लेस माघे संक्रान्ति मेला” भन्ने मूल नाराका साथ यसवर्ष माघ १ गतेदेखि ४ गतेसम्म खुला पुरुष तथा महिला भलिवल, पुरुष बास्केट बल, गुरुङ गीतमा सामूहिक नृत्य प्रतियोगिता लगायत लोपोन्मुख स्थानीय खेलकुदका प्रतियोगितासहित विविध सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए ।
सिक्लेस पोखराबाट करिब ४० किमिको दूरीमा कास्कीको उत्तरपूर्वि भेगमा रहेको छ । जो मादि गाउँपालिको वडा नं १ अन्तर्गत अन्नपूर्ण हिमाल र लमजुङ हिमाल काखमा रहेको छ । त्यहाँ ४५० घरधुरीहरु रहेका छन् ।
सिक्लेस हाल ग्रामिण पर्यटन केन्द्रको रुपमा विकास भईरहेको छ । पर्यटकको सुविधाको लागि सुविधा सम्पन्न ४७ वटा दर्ता भएका होटलहर रहेका छन् । ३६ वटा होम स्टे रहेका छन् । पर्यटकीय सिजनमा १५ सय देखि २ हजार जनाले सिक्लेस घुम्ने गरेका वडा नं १ का अध्यक्ष देवीजंग गुरुङले बताए । उनका अनुसार होम स्टेमा रहनका लागि दिनमा प्याकेजमा प्रतिव्यक्ति ११ स्य तथा होटलमा १२, १३ सय लिने गरिएको बताए ।
गुरुङले सिक्लेस जाने बाटोको तेश्रो खण्डको काम सुरु हुन लागेको जानकारी दिए । काहुँखोला सिक्लेस सडक खण्डमा अहिले तेश्रो खण्डको पीचको काम सुरु गर्न लागिएको बताए । गाउँको सुरक्षा तथा पर्यटकको सुरक्षाका लागि ६४ स्थानमा सिसि क्यामेरा जडान गरिएको बताए र उनले स्थानीयको सेवाका लागि छिटोछरितो काम गर्न प्रविधिमैत्री काम थालिएकाे र कतिपय अवस्थामा जनतालाई कार्यालयसम्म जान नपर्ने सुविधा दिइएको बताए ।
क्लवका अध्यक्ष भोलामान गुरुङले खुल्ला पुरुष भलिवल प्रतियोगिताका विजयीले रुपैयाँ १ लाख, साथमा मेडल र प्रमाणपत्र, दितिय हुनेले रुपैयाँ ७० हजार, मेडल र प्रमाणपत्र पाउने बताए ।
खुल्ला महिला भलिवलतर्फ प्रथम हुनेले रुपैयाँ ३० हजार, मेडल र प्रमाणपत्र तथा दितिय हुनेले रुपैयाँ २० हजार, मेडल र प्रमाणपत्र पाउने बताए । खुल्ला पुरुष बास्केटबलतर्फ पैथम हुनेले रुपैयाँ १ लाख साथमा मेडल र प्रमाणपत्र तथा दितिय हुनेले रुपैयाँ ७० हजार साथमा मेडल र प्रमाणपत्र पाउनेछ ।
यस्तै गुरुङ भाषा गीतको सामुहिक नृत्यमा प्रथम हुनेले रुपैयाँ ६० हजार, मेडल र प्रमाणपत्र तथा दितिय हुनेले रुपैयाँ ४५ हजार, मेडल र प्रमाणपत्र पाउनेछ । तेश्रो हुनेले रुपैयाँ ३० हजार, मेडल र प्रमाणपत्र पाउनेछ ।
प्रतियोगितामा ठेलो खेल पनि समावेश गरिएको छ । यसका विजेताले रुपैयाँ ४५ हजार, मेडल र प्रमाण पत्र तथा दितिय हुनेले रुपैयाँ ४० हजार, मेडल र प्रमाण पत्र पाउनेछन् । यस खेलको प्रमुख अतिथिमा पूर्व ठेलोका विजेता केश बहादुर गुरुङ रहने भएका छन् ।
प्रतियोगिता सम्पन्न गर्नका लागि कुल ११ लाख ३० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




