शारिरिक सुगठन संघ गण्डकीको अध्यक्षमा नविन आले सर्वसम्मत चयन

-



     सफल आवाज    
     माघ १ गते २०८१ मा प्रकाशित



पाेखरा, १ माघ । शारिरिक सुगठन संघ, गण्डकीको अध्यक्षमा नविन आले सर्वसम्मत चयन भएका छन् । आले (पर्वत) संघकाे तदर्थ समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।

पोखरामा सोमबार भएबमे भेलाले आलेसहित ११ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा बिमल बहादुर खॉड (स्याङ्जा), सचिब प्रकाश पौडेल (स्याङ्जा) ( कोषाध्यक्षमा नितेश खड्का (कास्की) सर्वसम्मत चयन भएका हुन्।

सदस्यमा अमृत लम्साल (कास्की), सैलेश रिमाल (तनहु), धिरज घर्ती (बाग्लुङ्ग), निरज तिवारी (कास्की), तिलक गर्बुजा (म्याग्दी), दिवा राना (स्याङ्जा) र दुर्गा खोर्जा पुन (पर्वत) चयन भएका छन् ।

संघकाे तदर्थ समितिको अध्यक्ष चयन भएका अध्यक्ष नविन आलेले गण्डकी प्रदेशमा शारिरिक सुगठन खेलको विकासका लागि क्रियासिल रहने बताए । साथै उनले आसन्न दशौं राष्ट्रिय खेलकुदमा गण्डकीको तर्फबाट पदक ल्याउने गरी प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा तयारी गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।