
काठमाडौं, ४ माघ । ‘टाइगर गु्रप अफ पोखरा नेपाल’को आयोजनामा पाँचौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिता माघ दोस्रो सातादेखि सञ्चालन हुने भएको छ । उक्त प्रतियोगिता यही माघ १२ देखि १९ गतेसम्म सञ्चालन हुने छ ।
प्रतियोगितामा महिला र पुरुष गरी कूल १२ टोलीको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार पुरुष र महिलातर्फ दुइ विदेशी टोलीसमेत सहभागी हुनेछन् ।
प्रतियोगितामा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्बल, गण्डकी प्रदेश भलिबल सङ्घ, त्रिभुवन आर्मी क्लब, नेपाल पुसिल क्लब र नेपाल एपिएफ क्बल सहभागी हुनेछन् । विदेशी टोलीमा भारतको कुरुक्षेत्रको सुनील भलिबल क्लब अमीन रहेको छ ।
त्यसैगरी महिलातर्फ नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमण्ड युथ स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब र टाइगर गु्रप अफ पोखरा रहेका छन् । महिलातर्फ विदेशी टोली थाइल्याण्डको ट्राभल इन्क्वारी युनाइटेट प्यासन भलिबल क्लब सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुष र महिलातर्फका दुवै विजेता टोलीले रु पाँच लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पाउनेछन् भने उपविजेताले रु दुई लाख ८५ हजार पाँच सय ५५ पाउनेछन् । प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले रु एक लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पाउनेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले जनही रु २५ हजार सात सय ७७ पाउनेछन् । त्यसैगरी उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षक (पुरुष÷महिला)ले जनही रु १० हजार पाँच सय ५५ पुरस्कार पाउनेछन् । उक्त प्रतियोगिताको खेल भने पोखरामा हुनेछ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




