श्रीपञ्चमीको अवसरमा नवौं पर्वतीय दौड प्रतियोगिता हुने

-



     सफल आवाज    
     माघ १८ गते २०८१ मा प्रकाशित



पोखरा, १८ माघ । पोखरा महानगरपालिका वडा नम्बर १६ मा संधैंको बर्ष झैं श्रीपञ्चमीको अवसरमा दौड प्रतियोगिता हुने भएको छ ।

पोखराको केआईसिं पुलबाट सुरु भई अर्मलाकोटसम्म करिब १२ कि.मि. नवौं पर्वतीय दौड माघ २१ गते सोमवार (श्रीपञ्चमी) का दिन हुने भएकाे छ । दौड प्रतियोगितामा कार्यक्रममा सहभागी भई समयमा दौड पुरा गर्न आयोजकले आग्रह गरेको छ ।

दौडमा प्रथम हुनेले रु २५,०००, द्वितीय रू २०,०००, तृतीय १५,००० र सान्त्वना हुनेले रू १०,००० सहित मेडल र प्रमाणपत्र पाउनेछन् । महिला खुल्ला तर्फको दौडमा प्रथम हुनेलाई रु २५,०००, द्वितीय रू २०,०००, तृतीय हुने रु १५,००० र सान्त्वना हुने रू १०,००० पाउने पर्वतिय दौड प्रतियोगिताका संयोजक जुमप्रसाद गुरूङले जानकारी दिए ।

वडा नं १६ का खेलाडीहरुको हकमा प्रथम हुनेलाई रु ८ हजार दितियलाई ५ हजार, तृतियलाई ३ हजार र सान्त्वना १ हजार साथै दौडमा सहभागीतालाई मेडलको व्यवस्था गरिएको छ ।

दौडको अतिरिक्त भलिबल, ठेलो प्रतियोगिता समेत हुनेछ । भलिवलमा प्रथम हुनेलाई ५० हजार र दितियलाई ३५ हजार, त्यसैगरि छेलो प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार र दितिय हुनेलाई रु १० हजार नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिने भएकाे ।

दर्ता शुल्क रु. ५,००० रहेकाे छ । खेल माघ १९ गते दिउँसो ३ः०० बजेबाट सुरू हुनेछ । टीम दर्ता अवधि माघ १८ गतेसम्म रहेकाे छ । यसका लागि भू.पू. खेलाडी मञ्च, गैह्रापाटनमा सम्पर्क गर्न सकिनेछ । पोखरा फोन नं.ः ०६१–५८८७१६, ९८५६०२०५०५ दिप गार्डेन रेष्टुरेण्ट (के.आई.सिं पुल–१६) ०६१–४४५१०९, ९८५६०१११३० रहेकाे छ ।