पाहुना टाेली उज्वेकिस्तानको ब्ल्याक बुल्स बन्याे आहा ! रारा पोखरा गोल्डकपको च्याम्पियन

-



     सफल आवाज    
     फागुन ३ गते २०८१ मा प्रकाशित



पोखरा, ३ फागुन । पहिलाे पटक सहभागिता जनाएकाे पाहुना टाेली उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लवले २४ औं आहा ! रारा पोखरा गोल्डकपको उपाधि आफ्नाे पक्षमा पारेकाे छ ।

पोखरामा रंगशालामा आज भएकाे फाइनल खेलमा ब्ल्याक बुल्सले सबैभन्दा धेरै पटक उपाधि जितेकाे पुलिस क्लवलाई ३–१ गोलकाे अन्तरले पछि पार्दै उपाधि कब्जा गरेकाे हाे ।

ब्ल्याक बुल्सले पहिलाे हाफकाे ४० औं मिनेटमा १ तथा दाेश्राे हाफमा २ गाेल गरेकाे हाे । नेपाल पुलिसकाे तर्फबाट सान्ताेना १ गाेल भयाे । ७४ औं मिनेटमा पुलिसका शिशिर चौधरीले गाेल गरेका थिए ।

बिजेता ताेली ब्ल्याक बुल्सले ट्रफी, मेडलसहित नगद १२ लाख १ हजार पाएकाे छ । उपविजेताले ६ लाख १ हजार नगद पुरस्कार पाएकाे छ ।

ब्ल्याक बुल्सकाे जितका लागि जाखोनगिर अख्मादोभ, असिलबेक ओरिफजोनोभ र साभकातजोन सात्तोरोभले समान १, १ गोल गरेका थिए । नेपाल पुलिसका लागि भने शिशिर चौधरीले सान्त्वना गोल गरेका थिए ।

पहिलो हाफको ४० औं मिनेटमा पुलिसका प्रज्वल चौधरीले ह्याण्ड गरेपछि पाएको फ्रिकिकलाई ब्ल्याक बुल्सले जाखोनगिर अख्मादोभले गाेल गरेका थिए ।

खेलको ५९ औं मिनेटमा ब्ल्याक बुल्सका असिलबेक ओरिफजोनोभले गोल गरे भने ब्ल्याक बुल्सका लागि साभकातजोन सात्तोरोभले ६६ औं मिनेटमा तेश्रो गोल गरेका थिए ।

प्ररतियाेगिताकाे वेष्ट प्लेयर ब्ल्याक बुल्सका जर्सि नं ७७ का साभकातजोन सात्तोरोभ भए । उनले स्कुटर प्राव्त गरेका छन् ।

प्रतियाेगितामा विविध पुरस्कार पाउने खेलाडीहरूकाे पूर्ण विवरण यहाँ छ ।