
कास्की, ३० जेठ । पोखरामा जारी ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब फाइनलमा प्रवेश गरेका छन् ।
पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज सम्पन्न सेमिफाइनल खेल जित्दै यी दुई टोलीले फाइनलको यात्रा तय गरेका हुन् ।
पहिलो सेमिफाइनल खेलमा पुलिसले एभरेष्ट भलिबल क्लबमाथि सोझो सेटमा सहज जित दर्ता गर्दै फाइनल पुग्न सफल भयो । पुलिसले एभरेष्टलाई २५–१६, २५–१३ र २५–११ को सोझो सेटमा हराएको हो ।
यसअघि पोखरामा केही साताअघि सम्पन्न भएको नवौँ प्रधानमन्त्री कप एनभिए भलिबल प्रतियोगितामा उपाधि जितेको पुलिसले पुनः दोस्रो उपाधि रक्षा गर्ने दाउमा छ । यसैगरी एपिएफले न्यू डायमण्डलाई सोझो सेटमा हराएको हो । एपिएफले २५–१७, २६–२४ र २५–१९ को सेटमा डायमण्डलाई पराजित गर्दै फाइनलमा यात्रा तय गरेको हो ।
नेपाल स्पोर्टस् एकेडेमीको आयोजनामा यही जेठ २७ गतेदेखि सुरु प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको च्याम्पियन टोलीले रु छ लाख, उपविजेताले रु तीन लाख र तेस्रो हुने टिमले रु एक लाख पुरस्कार प्राप्त गर्ने आयोजक स्पोर्टस् एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिनुभयो ।
उत्कृष्ट खेलाडीले रु २० हजार तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीले जनही रु १० हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।








पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन… 




