
काठमाडौँ, २५ असार । शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ साहित्यकार डा शैलेन्दुप्रकाश नेपाललाई समर्पण गर्नेभएको छ ।
शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्कार दिने व्यक्तित्व चयन समितिको बैठकले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । भोजपुर जिल्लाको कटुन्जेमा २०१८ सालमा जन्मेका उनले कविता, गीतिकाव्य, खण्डकाव्य, महाकाव्य, बालगीत, बालकथा, निबन्ध, समालोचना आदि विधामा विभिन्न कृतिहरूको सिर्जना गरी प्रकाशन गराउनुका साथै पाठ्यपुस्तक पनि लेखेकाे प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिए
लामो समयसम्म प्राध्यापन गरेर निवृत्त भएका उनले स्मृतिग्रन्थ र पत्रिकाहरूको सम्पादन पनि गरेका छन् । निरन्तर वाङ्मय साधना गरिरहेका उनी जस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको उनको भनाइ छ । पुरस्कार आगामी साउन महिनामा समर्पण गरिने जनाइएको छ । भोजपुर जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी कवि कृष्ण जोशीले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिएका थिए।








काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन…
काठमाडौं, ६ मंसिर। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिको मुनाफाबाट बैंक तथा वित्तीय… 




