
पाेखरा, २१ माघ । जिल्ला समन्वय समिति कास्कीको टोलिले रूपा रिङ्गरोडको बुधबार अनुगमन सम्पन्न गरेको छ। गण्डकी प्रदेश सरकार भौतिक पूर्बाधार मन्त्रालय, भौतिक पूर्बाधार कार्यालय मातहत निर्माणाधीन १६ कि मि लामो उक्त सडक २०८१ साउन १७ गते करिब ४७ करोड १८ लाख ९१ रुपैयाँ लागतमा सम्झौता भएर निर्माण प्रारम्भ भएको थियो।
बि बि आर कन्स्ट्रक्सन जे भि ले निर्माण गरिरहेको सो सडक २०८३ माघ १६ गतेभित्र निर्माण सम्पन्न हुनेछ। हालसम्म २६ कराेड ८१ लाख ५० हजार ७६३ भुक्तानी भएको सो सडकको ५०% भौतिक र ५६ % बित्तीय प्रगती भएको जनाइएको छ ।
अनुगमनका क्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गुणस्तरीय काममा कुनै कमजोरी हुन नदिन आग्रह गर्दै निर्धारित समयमै सम्पन्न हुने गरेर अगाडि बढ्न निर्माण कम्पनी सहित सरोकारवाला कार्यालयलाई आग्रह गर्नुभयो ।
भौतिक पूर्बाधार कार्यालयका इन्जिनियर राजेश चित्रकारले सो आयोजनामा रकम अभाव नरहेको र हालसम्म कुनै ब्यबधान नआएको अबस्थामा समयमै निर्माण सम्पन्न हुनेमा आशावादी रहेको उल्लेख गर्नुभयो ।
प्रमुख लिलाधर पौडेलको नेतृत्वमा उप प्रमुख सरिता माल, सदस्यद्वय राजु अधिकारी र हर्क गुरुङ, जिल्ला समन्वय अधिकारी नवराज बरालसहित बिभागीय कार्यालयका इन्जिनियर,प्राबिधिक, कर्मचारी सहित सरोकारवाला उपभोक्ताको सहभागितामा अनुगमन सम्पन्न गरिएको हो।








काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन…
काठमाडौं, ६ मंसिर। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिको मुनाफाबाट बैंक तथा वित्तीय… 




