
काठमाडौं, २० चैत । नेपाल निर्माण व्यवसायि महासंघकाे अध्यक्षमा निकोलश पाण्डे निर्वाचित भएका छन् । पाण्डेले प्रतिष्पर्धी ए डि लामालाइ १०१ मतकाे अन्तरले पछि पारेका हुन् । पाण्डेले ५ सय १४ मत प्राप्त गरे । प्रतिष्पर्धी ए डि लामाले ४ सय १३ मत प्राप्त गरे।
महासचिवमा शिवहरि घिमिरे चयन भएका छन् । घिमिरेले ५ सय २७ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी बलिभद्र रानाले ३ सय ८० मत प्राप्त गरे ।
कोशी प्रदेश उपाध्यक्षमा धिरेन्द्र दाहाल, मधेस प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, वागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा शहदेव खड्का, कर्णाली प्रदेश उपाध्यक्षमा हिमबहादुर बुढा, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाशबहादुर शेट्टी विजयी भए ।
यस्तै नीतिगत उपमहासचिवमा मंगल शाही विजयी भए। आन्तरिक उपमहासचिवमा सन्तोष शाह र महिलातर्फको उपाध्यक्षमा गङ्गा पोखरेल विजयी भए । कोषाध्यक्षमा उज्ज्वल गौतम र सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ विजयी भएका छन्।








काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन…
काठमाडौं, ६ मंसिर। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिको मुनाफाबाट बैंक तथा वित्तीय… 




