
पोखरा, १८ माघ । पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकले १० औं सस्करणको बगर भाई एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिता फागुनको अन्तिम साताबाट आयोजना गर्ने भएको छ ।
संस्थाले चौथो स्वर्गीय रञ्जित गुरुङ स्मृति तथा १० औं बगर भाई खलक भेट्रान्स एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फागुन २४ देखि २९ गतेसम्म आयोजना गर्ने जनाएको हो । संस्थाले २०६८ सालदेखि ४० देखि ६५ वर्ष उमेर समूहका पाका खेलाडी समेटेर भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
उपाधि विजेता टिमले प्रथम पुरस्कार विजेताले नगद रु. १ लाख ११ हजार रनिङ्ग शिल्ड, पदक र प्रमाणपत्र, उप विजेताले नगद रु. ५५ हजार ५ सय ५५ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरी यस वर्ष देखि सेमीफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई नगद रु. १० हजार प्रोत्साहन स्वरुप प्रदान गर्ने संस्थाले जनाएको छ ।
उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्ड हुने खेलाडीलाई ट्रफी सहित जनही नगद रु. ५ हजार प्रदान गरिदेछ साथै सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद रु.१० हजार दिइने छ । त्यस्तै अनुशासित टिम, प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडीलाई सम्मान एवं हरेक खेलका म्यान अफ दि म्याच लाई बिशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
करिव १२ लाख खर्च हुने उक्त प्रतियोगितामा मित्र राष्ट्र भारत र नेपालका गरि करिव २५ टिमको सहभागिता रहने आयोजकले जनायो ।
पोखराको टुँडीखेल मैदानमा आयोजना हुने प्रतियोगिताअघि टुँडीखेल मैदान निर्माण कार्य समेत अघि बढ्ने छ । युवा तथा खेलकुद मन्त्रालयको पहलमा गत वर्ष १५ लाख खर्च गरि टुँडीखेल संरक्षणको अभियान शुरु गरिएको र यो वर्ष करिव २५ लाख खर्च गरिने छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




