
पाेखरा, २३ जेठ । प्रशिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीको चर्चित ‘बसाइँ’ उपन्यास माथि पोखरामा विद्यार्थीले नै विमर्श गरेका छन् । बाटुलेचौरस्थित विन्ध्यवासिनी माविले आयोजना गरेको जिल्ला स्तरीय समीक्षा कार्यक्रममा सहभागि विद्यार्थीले उपन्यासका बिभिन्न पक्षको चर्चा गर्दै, ‘बसाइँ’ उपन्यासले तत्कालिन नेपाली समाजको यथार्थलाई उतारेका बताए ।
प्रतियोगितात्मक रुपमा आयोजित कार्यक्रममा विद्यार्थीले गरेको समीक्षालाई पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा.श्रीधर न्यौपाने र सुरज पौडेलले मुल्यांकन गरेका थिए । प्रतियोगितामा विन्ध्यवासिनी माविका सुस्मिता आचार्य प्रथम, ईन्द्रराज्यलक्ष्मी माविका सगुन पौडेल द्वितीय र कालिका माविका सृष्टि लम्साल तृतीय भएको शिक्षक कृष्णप्रसाद पौडेलले जानकारी दिए ।सामुदायिक विद्यालय समुहमा आवद्ध १२ वटा विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए ।
विजयी विद्यार्थीलाई पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले नगदसहित पुरस्कार प्रदान गरे । कार्यक्रममा वडाध्यक्ष तिमिल्सीनाले यस्ता कार्यक्रमले विद्यार्थीको समिक्षात्मक क्षमतालाई विकास गर्ने बताए ।
प्राध्यापक डा. श्रीधर न्यौपानेले केन्द्रिय विषय र सन्देश, कृतिका सबल र दुर्वल पक्षका आधारमा विद्यार्थीको मुल्यांकन गरेको जानकारी दिए । सहभागि विद्यार्थीले कृतिका बारेमा पावर पोईन्ट मार्फत प्रस्तुतीकरण दिएका थिए ।२०१४ सालमा मदन पुरस्कार पुस्तकालयले प्रकासन गरेको सो उपन्यास मुना मदन पछि सबैभन्दा बढी बिक्री हुने नेपाली पुस्तक हो ।
पुस्तकमा पूर्वी नेपालको एउटा नामहीन पहाडी गाउँको चित्रण गरिएको छ । पुस्तकलाई अङ्ग्रेजीमा समेत अनुवाद गरिएको छ । क्षेत्रीका अतृप्त र ब्रह्मपुत्रको छेउछाउ नामक दुई उपन्यास पनि प्रकाशित छन् ।








काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन…
काठमाडौं, ६ मंसिर। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिको मुनाफाबाट बैंक तथा वित्तीय… 




