स्नो रिभर्स लिमिटेडद्वारा १०.५२६३ प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     भाद्र ३० गते २०८३ मा प्रकाशित



काठमाडौं, ३० भदाै । जलविद्युत् क्षेत्रको कम्पनी स्नो रिभर्स लिमिटेड (SNORL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

भदौ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश विवरण तथा स्वीकृतिको अवस्था

विवरणदर / प्रतिशत
बोनस शेयर१० %
नगद लाभांश (कर प्रयोजनार्थ)०.५२६३ %
कुल लाभांश१०.५२६३ %
सञ्चालक समिति निर्णय मिति२०८३ भदौ १५ गते
विद्युत नियमन आयोगको स्वीकृति२०८३ भदौ २६ गते

उक्त लाभांश वितरणका लागि नियमनकारी निकाय विद्युत नियमन आयोगले भदौ २६ गते पूर्व स्वीकृति प्रदान गरिसकेको छ। अब कम्पनीको आगामी वार्षिक साधारण सभा (AGM) ले पारित गरेपछि सो लाभांश शेयरधनीहरूमा वितरण गरिनेछ।