रिलायन्स स्पिनिङ्ग मिल्सद्वारा ३० प्रतिशत नगद लाभांश घोषणा

-



     सफल आवाज    
     भाद्र ३० गते २०८३ मा प्रकाशित



काठमाडौं, ३० भदाै । बुक बिल्डिङ विधिमार्फत प्राथमिक सेयर (IPO) निष्कासन गरेको रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेड (RSML) ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

भदौ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

लाभांश, साधारण सभा र बुकक्लोजसम्बन्धी विवरण

विवरणतथ्याङ्क / व्यवस्था
प्रस्तावित लाभांश३०% नगद लाभांश (करसहित)
सञ्चालक समिति निर्णय मिति२०८३ भदौ २९ गते
साधारण सभा हुने मिति२०८३ असोज २२ गते, बिहीबार (बिहान ९:०० बजे)
साधारण सभाको स्थानअनुपम फुड ल्याण्ड एण्ड बैंक्वेट, बत्तीसपुतली, काठमाडौँ
साधारण सभा संख्या३२ औँ वार्षिक साधारण सभा
बुकक्लोज मिति२०८३ असोज १४ गते (एक दिन)
लाभांश र सभाका लागि योग्य सेयरधनी२०८३ असोज १३ गतेसम्म नेप्सेमा कायम सेयरधनी

कम्पनीले लाभांश प्रस्ताव पारित गर्नका लागि असोज २२ गते ३२ औँ वार्षिक साधारण सभा डाकेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १४ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ।

असोज १३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (NEPSE) मा सेयर कारोबार भई कायम रहने सेयरधनीहरू मात्र कम्पनीको साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।