
काठमाडौं, ३० भदाै। । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले नेपालमा भरपर्दो, नवप्रवर्द्धनात्मक र समावेशी डिजिटल वित्तीय प्रणालीको विकास गर्न ‘डिजिटल वित्तीय सेवाका लागि फिनटेक रणनीति (२०२६/२७-२०३०/३१)’ को रणनीतिक ढाँचा सार्वजनिक गरेको छ।
समग्र अर्थतन्त्रमा वित्तीय पहुँच अभिवृद्धि, दिगो आर्थिक विकास र प्रविधिमैत्री वित्तीय सेवाको सुनिश्चितताका लागि केन्द्रीय बैंकले ५ वर्षे रणनीति ल्याएको हो।
फिनटेक रणनीति (२०२६/२७-२०३०/३१) का मुख्य स्तम्भ तथा क्षेत्रहरू
| मुख्य स्तम्भ (Strategic Pillars) | उप-स्तम्भहरू (Sub-Pillars) |
| स्तम्भ १: पूर्वाधार विकास (Infrastructure Development) | १.१ डिजिटल पूर्वाधारको आधुनिकीकरण १.२ नियामकीय तथा सुपरिवेक्षकीय प्रविधि (RegTech/SupTech) को विकास |
| स्तम्भ २: नीति, नियमन तथा सुशासन (Policy, Regulation & Governance) | २.१ फिनटेक-अनुकूल नियामकीय ढाँचा तयार गर्ने २.२ फिनटेक संस्थाहरूबीच समान अवसर (Level Playing Field) सिर्जना गर्ने २.३ सुरक्षित र सबल डिजिटल वित्तीय सेवा प्रवाह सुनिश्चित गर्ने |
| स्तम्भ ३: फिनटेक पारिस्थितिक प्रणाली विकास (Fintech Ecosystem Development) | ३.१ उत्कृष्ट वित्तीय उत्पादनहरूलाई प्रोत्साहन ३.२ नवप्रवर्तन सहायता (Innovation Support) ३.३ डिजिटल वित्तीय साक्षरता र सशक्तिकरण ३.४ नियामकीय समन्वय र सहकार्य ३.५ नियामकीय एवं सुपरिवेक्षकीय क्षमता विकास |
दृष्टिकोण, उद्देश्य र लक्षित वर्ग
- सोच र उद्देश्य (Vision & Mission): नेपालमा वित्तीय समावेशीकरण, दक्षता र दिगो आर्थिक विकासलाई प्रवर्द्धन गर्दै फिनटेक नवप्रवर्तनका लागि सबल पूर्वाधार, नीतिगत स्पष्टता र उपभोक्ता विश्वास अभिवृद्धि गर्नु यस नीतिको मुख्य लक्ष्य रहेको छ।
- लक्षित समूह (Target Groups): विद्यमान तथा उदीयमान इजाजतपत्रप्राप्त संस्थाहरू, फिनटेक कम्पनीहरू, डिजिटल वित्तीय सेवाका प्रयोगकर्ताहरूका साथै विशेष गरी युवा, महिला, बालबालिका, साना तथा मझौला उद्योग (MSMEs), गिज अर्थतन्त्र (Gig Economy) र ग्रामीण क्षेत्रलाई यस रणनीतिले प्राथमिकतामा राखेको छ।
- अपेक्षित परिणाम (Expected Outcomes): डिजिटल वित्तीय सेवाको दायरा र पहुँच विस्तार, प्रतिस्पर्धा प्रवर्द्धन, लागत न्यूनीकरण, वित्तीय स्थायित्व जोखिम व्यवस्थापन र नयाँ विकल्पहरूको विस्तारमार्फत एक सुरक्षित, समावेशी र अन्तर-सञ्चालनयोग्य (Interoperable) डिजिटल इकोसिस्टम निर्माण हुने अपेक्षा गरिएको छ।
नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याउने यो फिनटेक रणनीतिले मुलुकको भुक्तानी प्रणालीलाई आधुनिक र डिजिटल अर्थतन्त्रतर्फ उन्मुख गराउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




