
काठमाडौं, ३० भदौ। नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागकाे तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा नेपालमा ७ खर्ब २० अर्ब ८६ करोड बराबरको घरजग्गाको कारोबार भएको छ ।
विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कारोबारमा बढोत्तरी भएको देखिएकाे छ । राष्ट्र बैंकका अनुसार आव २०८१/८२ मा भने ३ खर्ब ८६ अर्ब १५ करोड अर्ब बराबरको मात्र घरजग्गा कारोबार भएको थियो ।
आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कुल कारोबारको सङ्ख्या आव २०८१/८२ को तुलनामा ४ दशमलव ७४ प्रतिशतले बढेको छ । अघिल्लो आवको तुलनामा २०८१/८२ मा भने घरजग्गाको कारोबार सङ्ख्या १ दशमलव ८४ प्रतिशतले घटेको थियो ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




