वाणिज्य बैंकरूले सार्वजनिक गरे असोजको ब्याजदर, अधिकांशको स्थिर

-



     सफल आवाज    
     भाद्र ३१ गते २०८३ मा प्रकाशित



काठमाडाैं, ३१ भदाै । नेपालका वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। कुल २० वाणिज्य बैंकहरूमध्ये दुई वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १८ वटा बैंकहरूले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

ब्याजदर घटाउने बैंकहरू:

  • स्ट्यान्डर्ड चार्टर्ड बैंक: भदौ महिनामा ३.८० प्रतिशत रहेकोमा असोजका लागि घटाएर ३.७५ प्रतिशत कायम गरिएको छ।
  • कुमारी बैंक: भदौको ३.४६ प्रतिशतबाट घटाएर असोजका लागि ३.४३ प्रतिशत निर्धारण गरिएको छ।

असोज महिनाका लागि बैंकहरूको अधिकतम मुद्दति ब्याजदर विवरण:

बैंकको नामअसोजका लागि निर्धारित अधिकतम ब्याजदर (%)
प्रभु बैंक४.५५%
माछापुच्छ्रे बैंक४.५०%
एनएमबि बैंक४.५०%
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक४.५०%
सानिमा बैंक४.५०%
नबिल बैंक४.२५%
नेपाल बैंक४.१५%
नेपाल एसबीआई बैंक४.१०%
ग्लोबल आइएमई बैंक४.००%
एनआईसी एसिया बैंक४.००%
प्राइम कमर्सियल बैंक४.००%
राष्ट्रिय वाणिज्य बैंक४.००%
हिमालयन बैंक४.००%
लक्ष्मी सनराइज बैंक४.००%
सिटिजन्स बैंक३.८५%
सिद्धार्थ बैंक३.७६%
स्ट्यान्डर्ड चार्टर्ड बैंक३.७५%
एभरेष्ट बैंक३.५०%
कुमारी बैंक३.४३%

(नोट: कृषि विकास बैंकले पनि असोज महिनाका लागि आफ्नो ब्याजदर स्थिर राख्दै अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएको छ।)

बैंकिङ प्रणालीमा पर्याप्त तरलता (लगानीयोग्य रकम) रहेको र कर्जाको माग अपेक्षाकृत नबढेका कारण बैंकहरूले ब्याजदर घटाउने वा स्थिर राख्ने नीति अपनाएका हुन्।