
काठमाडौं, ३१ भदाै । साताको शेयर कारोबार हुने तेश्राे दिन शेयर बजार परिसूचक (नेप्से) मा गिरावट आएको छ। यस दिन नेप्से परिसूचक २१.१९ अंकले घटेर २६१२.४२ विन्दुमा झरेको छ।
नेप्सेसँगै अन्य सूचकहरूमा पनि गिरावट देखिएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ३.७७ अंक, फ्लोट इण्डेक्स १.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३२ अंकले घटेका छन्।
कारोबार रकममा पनि गिरावट
नेप्से घटेसँगै कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ। अघिल्लो कारोबार दिन (मंगलबार) ८ अर्ब २९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन भने कारोबार रकम ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ। यस दिन ३५० स्टकको ५५ हजार ८३१ पटकको कारोबारमा कुल १ करोड ५१ लाख १ हजार कित्ता शेयर किनबेच भएका छन्।

टप गेनर र टप लुजर
- बढ्ने कम्पनीहरू: नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.३७ प्रतिशतले बढेको छ भने हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य पनि करिब साढे ५ प्रतिशतले उकालो लागेको छ।
- घट्ने कम्पनीहरू: एनएमबी हाइब्रिड फण्ड एल २ को इकाईमूल्य सर्वाधिक ७.७३ प्रतिशतले घटेको छ भने रिज लाइन इनर्जीको शेयरमूल्य पनि ५ प्रतिशतभन्दा बढीले घटेको छ।
कारोबार रकमका आधारमा अगाडि रहेका कम्पनीहरू
कारोबार रकमको आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहन सफल भएको छ, जसको ३७ करोड ९५ लाख ६४ हजार रुपैयाँबराबरको शेयर कारोबार भयो। त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको २५ करोड रुपैयाँभन्दा बढी र शिवम् सिमेन्ट्सको साढे १६ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
सबै उपसमूह राताम्मे
यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशतले घटेको छ। यसैगरी, जीवन बीमा उपसमूह १ प्रतिशतभन्दा बढी र निर्जीवन बीमा उपसमूहको परिसूचक करिब १ प्रतिशतले घटेका छन्।








पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन… 




