
काठमाडाैं, ३ असाेज । पछिल्लो एक हप्ताको अवधिमा नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत भदौ २७ गते शनिबार प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको सुन, असोज २ गते शुक्रबारसम्म आइपुग्दा ३ लाख ३ हजार १०० रुपैयाँ पुगेको छ।
साताभरिको मूल्य तालिका
| मिति | प्रतितोला मूल्य (रु.) | मूल्यमा आएको परिवर्तन |
| भदौ २७ (शनिबार) | ३,०१,००० | – |
| भदौ २८ (आइतबार) | ३,०२,२०० | रु. १,२०० ले बढेको |
| भदौ २९ (सोमबार) | ३,०१,००० | रु. १,२०० ले घटेको |
| भदौ ३० (मंगलबार) | ३,००,१०० | रु. ९०० ले घटेको |
| भदौ ३१ (बुधबार) | ३,०१,८०० | रु. १,७०० ले बढेको |
| असोज १ (बिहीबार) | २,९९,५०० | रु. २,३०० ले घटेको |
| असोज २ (शुक्रबार) | ३,०३,१०० | रु. ३,६०० ले बढेको |
साताको छैटौँ दिन (बिहीबार) सुनको मूल्य घटेर २ लाख ९९ हजार ५०० रुपैयाँसम्म झरेको भए तापनि अन्तिम दिन शुक्रबार एकैदिन ३ हजार ६०० रुपैयाँको ठूलो वृद्धि भएपछि समग्र साताको कारोबार उच्च बिन्दुमा बन्द भएको हो।








पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन… 




