
काठमाडौं, ३ असोज । पर्वतमा बन्जी संचालन गरिरहेको साहसिक पर्यटनमा नेपालको अग्रणी द क्लिफ समूहले धादिङको भन्ज्याङ पोखरीमा ३ अर्ब लगानीमा ३५६ मिटर अग्लो बन्जी निर्माण गर्ने भएको छ ।
क्लिफ समूहका अध्यक्ष राजु कार्कीका अनुसार प्रस्तावित बन्जी विश्वकै अग्लो बन्जीका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। प्रस्तावित उक्त परियोजनामा सितापाइला काठमाडौंबाट करिब आधा घन्टामा पुग्न सकिने बताइएको छ।
काठमाडौं नजिकै धादिङमा निर्माण हुने यो परियोजनाले साहसिक पर्यटनमा नयाँ आकर्षण थप्ने अपेक्षा गरिएको द क्लिफका संचालक राजन कुमार जोशीले बताए ।

द क्लिफ समूहले धादिङसँगै पोखरा र धरानमा समेत सवा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै बन्जी, स्काइवाक लगायत साहसिक पर्यटन परियोजना विस्तार गर्ने जनाएको छ।
तीनवटै परियोजना सञ्चालनमा आएपछि करिब ६०० जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य राखिएको बताइएको छ।
पर्वतको कुस्माबाट साहसिक पर्यटन व्यवसाय सुरु गरेको समूहले अब देशका प्रमुख पर्यटकीय सहरमा लगानी विस्तार गर्ने तयारी गरेपछि नेपालमा आन्तरिक तथा बाहिय साहसिक पर्यटक बढने बिश्वास गरिएको छ।








पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन… 




