
पोखरा, २६ माघ । पोखरामा १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुँदैछ । आगामी १ फागुनदेखि सुरु हुने प्रतियोगितामा विभिन्न विधामा दौड हुने आयोजक भूपू खेलाडी मञ्च नेपालले जनाएको छ ।
फूल म्याराथनका विजेताले २ लाख, उपविजेताले १ लाख, तेस्रोले ७५ हजार रुपैयाँ तथा सान्त्वना धावकले २५ हजार प्राप्त गर्नेछन् ।
यस्तै, महिलातर्फ हाफ म्याराथन विजेताले १ लाख, उपविजेताले ७५ हजार, तेस्रोले ५० हजार र सान्त्वनाले १५ हजार नगद प्राप्त गर्ने छन् ।
आयोजक मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले कोभिड–१९ प्रभावबीच पनि प्रतियोगितालाई निरन्तरता दिइएको बताए । प्रतियोगितालाई यसपालि ४ चरणमा विभाजन गरिएको छ ।
१० किलोमिटर महिला तथा पुरुषतर्फको दौड प्रतियोगिता १४ चैतमा, महिला तथा पुरुषतर्फको ह्विल चियर दौड प्रतियोगिता २२ फागुन र ५ किलोमिटर विद्यालयस्तरीय छात्रछात्रा दौड प्रतियोगिता ४ वैशाखमा हुनेछ ।
यस वर्ष भने रन फर फन कार्यक्रम हुने छैन ।
प्रतियोगिताको प्रायोजक सुजल डेरीको उत्पादन सफल दूध हो । सफल दूधले नियमितरुपमा प्रतियोगिता प्रायोजन गर्दै आएको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




