
काठमाडौं, ६ असाेज । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ (NBF2) र नबिल ब्यालेन्स्ड फण्ड ३ (NBF3) को प्रतिफल सुरक्षित गर्ने आज (असोज ६ गते, मंगलबार) अन्तिम दिन रहेको छ।
घोषित प्रतिफल वितरण प्रयोजनका लागि यी दुवै फण्डहरूले भोलि (असोज ७ गते, बुधबार) एक दिनका लागि बुकक्लोज गर्दैछन्। जस अनुसार आज असोज ६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका इकाईधनीहरू मात्र यी फण्डहरूले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाईधनीहरूका लागि ३.५ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड ३ (NBF3) ले २.५ प्रतिशतका दरले (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन्। भोलि बुकक्लोज हुने भएकाले भोलिदेखि शेयर बजारमा खरिद गर्ने लगानीकर्ताले यो लाभांश पाउने छैनन्।








पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन… 




