
काठमाडाैं, ६ असाेज । कामना सेवा विकास बैंक लिमिटेडले कुमारीपाटी जावलाखेल व्यापार संघको सहकार्यमा कुमारीपाटी तथा जावलाखेल क्षेत्रमा यात्रुहरूका लागी ५ थान प्रतीक्षालय बेन्च सहयाेग गरेको छ । बैंकले सर्वसाधारण तथा यात्रुहरूको सहजता र सुविधालाई मध्यनजर गर्दै उक्त बेन्च सहयाेग गरी स्थापना गरिएको हो ।
बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा साे प्रतीक्षालय बेन्च स्थापना गरिएको थियाे । सर्वसाधारण तथा यात्रुहरूको दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको उक्त बेन्चहरूबाट बाटो हिँड्ने यात्रु तथा सर्वसाधारणलाई केही समय विश्राम गर्न सहज हुने अपेक्षा गरिएको छ ।

कुमारीपाटी जावलाखेल व्यापार संघका अध्यक्ष शाक्यले सर्वसाधारणको उपयोगमा आउने बेन्च स्थापना गरेकोमा कामना सेवा विकास बैंकप्रति धन्यवाद व्यक्त गरे । उनले यी बेन्चहरूबाट यात्रु तथा स्थानीय सर्वसाधारणलाई प्रत्यक्ष रूपमा सुविधा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै बैंकका काठमाडौं प्रदेश प्रमुख शर्माले बैंकले आफ्ना सेवाग्राहीसँगै सर्वसाधारणको सुविधा र सहजतालाई समेत प्राथमिकतामा राख्दै विभिन्न सेवामूलक तथा सामाजिक गतिविधिमा निरन्तर सहभागिता जनाउँदै आएको बताए ।
कार्यक्रममा बैंकका कर्मचारीहरु तथा कुमारीपाटी जावलाखेल व्यापार संघका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । बैंकले ग्राहक सेवा विस्तारसँगै स्थानीय समुदाय तथा सर्वसाधारणको सुविधा र आवश्यकतालाई ध्यानमा राखी विभिन्न गतिविधिमा समेत सहभागिता जनाउँदै आएको जनाएकाे छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




