
काठमाडौं, ११ असाेज। नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषद सचिवालयका उपाध्यक्ष चन्द्रलाल राजभण्डारीको ६९ वर्षको उमेरमा दुःखद निधन भएको छ। विक्रम संवत् २०१४ फागुन १४ गते जन्मिनुभएका राजभण्डारीको २०८३ असोज ८ गतेका दिन निधन भएको हो।

उहाँको असामयिक निधनको खबरले सिंगो महासंघ परिवार स्तब्ध र मर्माहत भएको जनाएकाे छ।
उहाँको पवित्र स्मृति तथा आदिवासी जनजाति आन्दोलनमा पुर्याउनुभएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै नेपाल आदिवासी जनजाति महासंघको संघीय कार्यालयमा एक कार्यक्रमका बिच स्व. राजभण्डारीको तस्बिरमा पुष्पमाला अर्पण गरी हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ।
उक्त श्रद्धाञ्जली सभामा महासंघका अध्यक्ष निमा लामा ह्याेल्माे, वरिष्ठ उपाध्यक्ष दिल बहादुर गुरूङ, महिला उपाध्यक्ष चीनिमाया माझी लगायतका पदाधिकारी तथा महानुभावहरूले दिवंगत राजभण्डारीको तस्बिरमा भक्तिभावका साथ श्रद्धासुमन अर्पण गर्नुभएको थियो।
जन्म-मरणको प्राकृतिक नियम र अनित्यताको बोध गर्दै यस दुःखद घडीमा उहाँले जनजाति आन्दोलनमा पुर्याउनुभएको योगदानलाई महासंघ परिवारले सदैव स्मरण गर्ने जनाएको छ। महासंघले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजन तथा आफन्तजनमा यो अपूरणीय क्षति सहने धैर्य र शक्ति प्राप्त होस् भन्दै हार्दिक समवेदना व्यक्त गरेको छ।












पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन… 




