माछापुच्छ्रे बैंकले पायाे प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार

-



     सफल आवाज    
     असाेज २२ गते २०८३ मा प्रकाशित



काठमाडौं,२२ असाेज । माछापुच्छ्रे बैंक लिमिटेडले प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ । बैंकले Infosys Finacle Innovation Awards 2026 अन्तर्गत ‘Maximizing Customer Engagement’ विधामा Platinum Award प्राप्त गरेको हाे । बैकले ग्राहकको खाता खोल्ने प्रकृया लगायत बैंकिङ सेवामा जोडिने प्रक्रियालाई अझ सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरेको  Reinventing Customer Onboarding मा गरेको पहलकदमीको लागि उक्त सम्मान प्राप्त गरेको जनाएकाे छ ।

Infosys Finacle Innovation Awards, बैंक तथा वित्तीय संस्थाले प्रविधि, नवप्रवर्तन र ग्राहक केन्द्रित सेवाका क्षेत्रमा गरेका उत्कृष्ट कार्यहरुलाई सम्मान गर्दै आएको छ । सन् २०२६ को संस्करणमा विश्वभरबाट ९ विधामा ५०० भन्दा बढी आवेदनहरु मध्येबाट पुरस्कार छनौट गरिएका हुन् ।

बैंकले ग्राहकलाई सरल, सहज, छिटो र सुरक्षित बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले डिजिटल प्रविधिको प्रयोगलाई निरन्तर विस्तार गर्दै आएको छ ।