
पोखरा, २३ असोज । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले युनाइटेड रेफरेन्स ल्याबोरेटोरी (युआरएल)को रक्त परीक्षण सेवामा विशेष छुट पाउने भएका छन् । स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौतापत्रमा ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र युआरएलबीच बिहीबार हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी र युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले हस्ताक्षर गरेका छन् । ग्रिन डेभलपमेन्ट बैंकका ग्राहक, कर्मचारी र कर्मचारीका परिवारले युआरएलमा उपलब्ध हुने विभिन्न प्रयोगशाला परीक्षण सेवामा २५ प्रतिशतसम्म छुट पाउने छन् ।
युआरएलले आफ्ना विभिन्न शाखामा ग्रिन डेभलपमेन्ट बैंकका ग्राहकलाई यो सुविधा दिनेछ । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युआरएलले गण्डकी प्रदेशका २४ स्थानबाट सेवा प्रवाह गरिरहेको छ ।








काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन…
काठमाडौं, ६ मंसिर। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिको मुनाफाबाट बैंक तथा वित्तीय… 




