नाफिजले जित्याे कामना सेवा विकास बैंककाे मैत्रीपूर्ण फुटसल उपाधि  

-



     सफल आवाज    
     कार्तिक १५ गते २०८३ मा प्रकाशित




काठमाडाैं, १५ कात्तिक । कामना सेवा विकास बैंकले आयोजना गरेको मैत्रीपूर्ण फुटसलको उपाधी नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले जितेको छ । शनिबार काठमाडौमा भएको खेलको उपाधी नाफिजले उचालेको हो ।

लिगका आधारमा खेलाइएको खेलमा नाफिजले ४ अंक सहित उपाधि जितेको हो । नाफिज अपराजित रुपमा उपाधि जितेको हो । पहिलो खेलमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) लाई पराजित गरेको नाफिजले दोस्रो खेलमा इकोनोमिक मिडिया एसोसिएसन (इमान) सँग बराबरी खेल्यो ।

पहिलो खेलमा नाफिजले सेजनलाई १–० ले पराजित गरेको हो । खेलमा नाफीजका सुदर्शन श्रेष्ठले गरेको एक मात्रै गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गणेश श्रेष्ठको पासमा सुदर्शने उत्कृष्ट गोल गरेका थिए । जुन गोल नाफिजलाई उपाधि जिताउन नै प्रयाप्त भयो ।

दोस्रो खेलमा इमानसँग गोलरहित बराबरी खेल्दै  नाफिज अपराजित रहन पुग्यो । सेजनले इमानलाई १–० ले नै पराजित गरे पछि नाफिजले उपाधि जित्न सफल भयो । इमानलाई हराएको सेजन दोस्रो भयो । इमानले तेस्रो स्थान हासिल गरेको छ ।
अन्य दुई टिमले पनि मेडल प्राप्त गरे । विजेता टिमलाई बिकास बैकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले ट्रफी र मेडल प्रदान गरेका थिए ।