
काठमाडौं, २४ कात्तिक। नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज एक खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा आज पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
खेल अपराह्न ५ः०० बजे सुरु हुने तालिका छ । आजको खेलमा सुदूरपश्चिम आफ्नो लय कायम राख्दै जित निकाल्ने योजनामा छ । पाँच खेल खेलेको सुदूरपश्चिमले तीनमा जित र दुईमा हार बेहोरेको छ । छ अङ्क जोडेको ऊ हाल तालिकाको तेस्रो स्थानमा छ । प्लेअफको सम्भावना बलियो बनाउने लक्ष्यसहित मैदान उत्रने सुदूरपश्चिम आजको खेलमा जित निकाल्न चाहन्छ ।
यता जनकपुर पनि जितसहित पुनरागमन गर्ने योजनामा छ । पाँच खेल खेलेको जनकपुरले दुईमा जित र तीनमा हार बेहोरेको छ । चार अङ्कसहित तालिकाको पाँचौँ स्थानमा रहेको जनकपुरका लागि आजको खेल महत्वपूर्ण हुनेछ । जारी प्रतियोगितामा पनि आठ टोलीको सहभागिता रहेको छ । एनपिएल–३ मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




