
गलकोट, ३० माघ । जिल्लामा स्थानीय तहको निर्वाचनपछि धेरै जनप्रतिनिधिले पूर्वाधार निर्माणमा जोड दिएका छन् । धेरै स्थानीय सरकारले ओझेलमा राख्दै गरेको खेलकूद क्षेत्रलाई बडीगाड गाउँपालिकाले भने प्राथमिकताका साथ अगाडि बढाएको छ ।
खेलकूद क्षेत्रको विकासका लागि बडीगाड गाउँपालिकाले गौरवको योजनाका रुपमा खेलकूद पूर्वाधार निर्माणलाई विशेष जोड दिएको छ । गाउँपालिकाले खेल अभ्यासका लागि कबर्ड हल निर्माण तथा खेलाडी आवास निर्माणमा झण्डै ५० लाख रुपैयाँ लगानी गरेको छ ।
गाउँपालिकालाई खेलकूदको केन्द्रका रुपमा विकास गर्न गत वर्ष गाउँपालिकाको तर्फबाट रु २० लाखको लागतमा कबर्ड हल निर्माण गरिएको छ । गत वर्ष नै खेलाडी र अतिथिका लागि गाउँपालिकाले रु १० लाख विनियोजन गरेर आवास निर्माण शुरु गरेको थियो । गाउँपालिकाले यस वर्ष रु १० लाख र सङ्घीय सांसद देवेन्द्र पौडेलले विनियोजन गरेको रु १४ लाखको लागतमा अहिले आवास निर्माणको कार्यसमेत अन्तिम चरणमा पुगेको बडीगाड गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकालाई खेलकूदको केन्द्र बनाउनका लागि खेलकूद क्षेत्रको पूर्वाधार निर्माणमा जोड दिएको बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी बताए ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




