कन्या क्याम्पस सञ्चालक समितिकाे अध्यक्षमा पुनः शिवलाल मल्ल निर्वाचित

-



     सफल आवाज    
     मंसिर ६ गते २०८३ मा प्रकाशित



पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा सम्पन्न भएको छ.। अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि शिवलाल मल्लको अध्यक्षतामा नयाँ क्याम्पस सञ्चालक समिति चयन गरेको छ.।

नवनिर्वाचित क्याम्पस सञ्चालक समितिका सदस्यहरूमा कृष्णमोहन श्रेष्ठ, राजेन्द्र लालचन, डम्बरकुमारी गुरुङ र कल्याण कर्माचार्य रहेका छन् । निर्वाचन समिति संयोजक प्रा. डा. कृष्णराज अधिकारीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

कार्यक्रम दुई सत्रमा विभाजन गरी सञ्चालन गरिएको थियो । पहिलो सत्रको कार्यक्रम ३२ औं बार्षिक साधारण सभामा क्याम्पस प्रमुख सुरेसकुमार मानन्धरले आ.व. २०८२र८३ को बार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै २०८३र०८४को बजेट पेश गरिएकोमा सर्वसम्मत पारित गरिएको थियो ।

साधारण सभामा विभिन्न क्षेत्रका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मन्तव्य दिनेहरूमा छात्र कल्याण समिति संयोजक अनु रोका, सभासद ध्रुव के.सी., कन्या क्याम्पस प्राध्यापक सङ्घका सभापति दिननाथ अधिकारी, पोखरा महानगर पालिका वडा नं. ३ का वडा अध्यक्ष प्रकाशमान उदास, प्रा. डा. कृष्णराज अधिकारी र नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मी रहेका थिए । कार्यक्रममा यस बर्ष आजीवन सदस्यता लिएका ६ जना व्यक्तिहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।

दोस्रो सत्रको अधिवेशन मार्फत नयाँ सञ्चालक समिति गठन भएपछि पूर्व सञ्चालक सदस्य रविप्रसाद बराल, प्रा. पद्मशरण रेग्मी र प्रा. डा. कृष्णराज अधिकारीले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए । अन्त्यमा नवनिर्वाचित अध्यक्ष शिवलाल मल्लले प्रतिबद्धता सहितको मन्तव्य व्यक्त गरेका थिए ।

सञ्चालक समिति अध्यक्ष शिवलालमल्लको अध्यक्षतामा सम्पन्न पहिलो सत्रको कार्यक्रम सञ्चालन सहायक क्याम्पस प्रमुख चित्रबहादर श्रेष्ठले गरेका थिए ।