
काठमाडौं, १३ मङ्सिर । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (एनआरआईसी) ले १६.९१७६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न दशौँ वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीले आगामी पुस ६ गते सोमबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्केटमा बिहान ९ बजे साधारण सभा आयोजना गर्ने भएको हो।
सभामा नेपाल सरकारको विद्यमान ४४.०३९० प्रतिशत शेयर स्वामित्व नघट्ने गरी पूँजी वृद्धि गर्ने प्रस्ताव पेस हुनेछ। नेपाल सरकारबाट प्राप्त सहमतिअनुसार चालु आर्थिक वर्षमा सरकारको तर्फबाट हकप्रद शेयरमा एक अर्ब रुपैयाँ लगानी प्राप्त हुने सुनिश्चित भएपछि सोही रकमको अनुपातमा हाल कायम चुक्ता पुँजीको १६.९१७६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।
त्यसैगरी, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्षको लेखापरीक्षक नियुक्त गर्ने तथा नेपाल सरकारबाहेकका संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन पाउनेछन्।






काठमाडौं, १३ मंसिर। दोहोरो करसम्बन्धी व्यवस्थाले गर्दा विदेशी लगानी प्रभावित भइरहेको विज्ञहरुले बताएका छन् ।…
काठमाण्डौ १३ मंसिर । अभिनेता महेश त्रिपाठीका पछिल्लो समय एकपछि अर्को फिल्म आइरहेका छन् ।…
काठमाडाैं, १३ मंसिर । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स…
काठमाडाैं, १३ मंसिर । गरिमा विकास बैंक लिमिटेड दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (South Asian… 



