
काठमाडाैं, १३ मङ्सिर। भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (BGWT) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्तावसहित २६ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सभा आगामी पुस १४ गते मंगलबार बिहान ११ बजे पोखराको घारीपाटनस्थित आभ्या क्लबमा सुरु हुनेछ।
मुख्य प्रस्ताव र लाभांश विवरण
सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३१५ प्रतिशत नगद लाभांश (कुल १२.६३१५ प्रतिशत लाभांश) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै साधारण सभाका अन्य प्रमुख प्रस्तावहरू:
- कम्पनीको जारी पूँजी वृद्धि गर्ने।
- पूँजी वृद्धिसँगै कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने।
- लेखापरीक्षक नियुक्त गर्ने।
- दुई जना सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने।
बुकक्लोज र लाभांश पाउने मिति
| विवरण | मिति / जानकारी |
| साधारण सभा मिति | पुस १४ गते, मंगलबार (बिहान ११:०० बजे) |
| स्थान | आव्या क्लब, घारीपाटन, पोखरा |
| बुकक्लोज मिति | मंसिर २५ गते, शुक्रबार |
| लाभांश पाउने अन्तिम कारोबार मिति | मंसिर २४ गतेसम्म नेप्सेमा कायम शेयरधनी |
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २५ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर २४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (NEPSE) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।






काठमाडौं, १३ मंसिर। दोहोरो करसम्बन्धी व्यवस्थाले गर्दा विदेशी लगानी प्रभावित भइरहेको विज्ञहरुले बताएका छन् ।…
काठमाण्डौ १३ मंसिर । अभिनेता महेश त्रिपाठीका पछिल्लो समय एकपछि अर्को फिल्म आइरहेका छन् ।…
काठमाडाैं, १३ मंसिर । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स…
काठमाडाैं, १३ मंसिर । गरिमा विकास बैंक लिमिटेड दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (South Asian… 



