सुदूरपश्चिम महोत्सवको टाइटल स्पोन्सरमा एक्सट्रीम इनर्जी ड्रिङ्क

- एक्स्ट्रिम खरिद गर्ने दर्शकलाई प्रवेश निःशुल्क

-



     सफल आवाज    
     मंसिर १३ गते २०८३ मा प्रकाशित





काठमाडौँ, १३ मंसिर । सुदूरपश्चिमको कला, संस्कृति, स्थानीय पहिचान र व्यापारलाई एउटै थलोमा जोड्दै आएको सुदूरपश्चिम महोत्सवमा यस वर्ष एक्स्ट्रिम इनर्जी ड्रिङ्क जोडिएको छ ।

महोत्सवको टाइटल स्पोन्सरका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिङ्क र आयोजक कैलाली उद्योग वाणिज्य संघबीच सहकार्य भएको हो । यससम्बन्धी सम्झौतामा संघ र एक्स्ट्रिम इनर्जी ड्रिङ्कको उत्पादक कम्पनी एग्रो थाई फुड्स प्रा.लि.ले हस्ताक्षर गरेका छन् ।

सुदूरपश्चिमको मौलिक संस्कृति, स्थानीय उत्पादन, कृषि, व्यापार र पर्यटन प्रवद्र्धन गर्दै आएको यो महोत्सव यस क्षेत्रकै लोकप्रिय तथा प्रतिष्ठित आयोजनामध्ये एक हो ।

यस वर्षको सुदूरपश्चिम महोत्सव २०८३ मंसिर २२ गतेदेखि पुस ५ गतेसम्म कैलालीको धनगढी उपमहानगरपालिका–१, पशुपतिटोलमा आयोजना हुनेछ । ‘पर्यटन, संस्कृति, उद्योग र व्यापार, समृद्ध सुदूरपश्चिमको आधार’भन्ने मूल नाराका साथ आयोजना हुनेछ ।

महोत्सवमा एक्स्ट्रिम इनर्जी ड्रिङ्क खरिद गर्ने दर्शकले निःशुल्क प्रवेश पाउने व्यवस्था समेत गरिएको छ । यस व्यवस्थाले दर्शकलाई महोत्सवमा सहभागी हुन थप सहज बनाउनुका साथै महोत्सवको आकर्षण र सहभागिता बढाउने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमको मौलिक संस्कृति, स्थानीय उत्पादन, कृषि, व्यापार र पर्यटन प्रवद्र्धन गर्दै आएको यो महोत्सव यस क्षेत्रकै लोकप्रिय तथा प्रतिष्ठित आयोजनामध्ये एक हो । स्थानीय प्रतिभाको प्रस्तुति, सांस्कृतिक कार्यक्रम, व्यापारिक प्रदर्शनी तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिले महोत्सवलाई विशेष बनाउँदै आएका छन् ।

यस वर्ष महोत्सवसँगै सडक महोत्सवसमेत सञ्चालन गरिने भएको छ । यसले महोत्सवको रौनकलाई आयोजनास्थलमा मात्र सीमित नराखी सडकसम्म विस्तार गर्नेछ । दुवै महोत्सवको आयोजनामार्फत यस वर्षको उत्सवलाई थप आकर्षक, भव्य र सहभागितामूलक बनाउने लक्ष्य आयोजकले राखेको छ ।

खेलकुद, संगीत तथा मनोरञ्जनका विभिन्न कार्यक्रमसँग सहकार्य गर्दै आएको एक्स्ट्रिमले यसपटक सुदूरपश्चिमको सांस्कृतिक तथा व्यापारिक उत्सवमा आफ्नो सहभागिता जनाएको हो । टाइटल स्पोन्सरका रूपमा कम्पनीले महोत्सवका विभिन्न मनोरञ्जनात्मक गतिविधिमा सहकार्य गर्ने अपेक्षा गरिएको छ ।

यस सहकार्यले महोत्सवको आकर्षण बढाउनुका साथै स्थानीय प्रतिभाको पहिचान, कला र संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रवद्र्धन तथा पर्यटन र व्यापार विस्तारमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

स्थानीय पहिचान, संस्कृति र सम्भावनालाई एकै ठाउँमा जोड्ने सुदूरपश्चिम महोत्सवमा एक्स्ट्रिमको सहभागिताले यस वर्षको आयोजनालाई थप विशेष बनाउने विश्वास आयोजक र कम्पनीले लिएका छन् ।