
पाेखरा, २ माघ । कास्की जिल्ला भलिबल संघको आयोजनामा हुने ‘मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता-२०७७’ को आवश्यक तयारी पूरा भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा फागुन ४ देखि ८ सम्म हुने प्रतियोगिताको आवश्यक तयारी पूरा भएको संघका अध्यक्ष भीम पराजुलीले बताए।
पाँच दिनसम्म चल्ने सो प्रतियोगितामा सहभागिता जनाउनका लागि गण्डकी प्रदेशका सबै ११ जिल्लाबाटै पुरुष तथा महिलाको टिम दर्ताको लागि सम्पर्क भइरहेको छ । प्रतियोगिताको मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले फागुन ४ गते विशेष समारोहबीच समुद्घाटन गर्ने कार्यक्रम तय भएकाे छ । प्रतियोगिता अवधिभर आवश्यक सुरक्षा व्यवस्था चुस्तदुरुस्त हुनेछ । कोभिड-१९ विरुद्ध आवश्यक स्वास्थ्य सतर्कता अपनाउन र खेल हेर्न आउने सम्पूर्ण दर्शकलाई निःशुल्क मास्कको व्यवस्था मिलाइने भएकाे छ ।
संघले जारि गरेकाे बिज्ञप्तिमा लेखिएकाे छ, नेपालको राष्ट्रिय खेल भलिबल दिनानुदिन बिस्तार हुँदै गएको लोकप्रिय खेल हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेलाडीको प्रतिभा प्रस्फुटन गर्दै अगाडि लैजानेक्रममा हाल विश्वका धेरै राष्ट्रले भलिबल खेलमार्फत विकास गरेको पाइन्छ । पर्यटकीय नगरी पोखरालाई पनि भलिबल खेलमार्फत भलिबल हबका रुपमा बिस्तार गरी बढीभन्दा बढी पर्यटक भित्राउन सहयोगसिद्ध हुने हाम्रो विश्वास छ ।
भलिबल खेलको प्रवर्द्धन र जनसहभागिता, भलिबल खेलमार्फत पर्यटन प्रवर्द्धन गर्ने, उत्कृष्ट खेलाडी पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने, नवौं राष्ट्रिय खेलकुदको लागि उत्कृष्ट खेलाडी छनौट गरी बन्द प्रशिक्षणमा कम्तीमा १ महिना राखी गण्डकीको उत्कृष्ट टिम तयार पार्ने , प्रतियोगिताको स्तर वृद्धि गर्ने, खेलाडीहरुबीच मित्रता एवं सद्भाव आदानप्रदान गर्ने लगायत उद्देश्यसाथ प्रतियोगिता आयोजना गरिएको संयाेजक खगेन्द्र गाैचनले बताए ।
विगतका वर्षमा पनि यस किसिमका प्रतियोगिता सफलतापूर्वक आयोजना गरिएको तथ्य जाहेर गर्दै यसपालि पनि यहाँहरुको सहयोग, सद्भाव एवं हौसलाले हामी गौरवान्वित छौं । यहाँको सहयोग सधैं रहीरहने विश्वास व्यक्त गर्दछौं। गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सामाजिक विकास मन्त्रालयको समन्वयमा हुने प्रतियोगिताका सहयोगीमा राष्ट्रिय खेलकुद परिषद् ( राखेप), क्षेत्रीय खेलकुद विकास समिति, क्षेत्रीय भलिबल संघ लगायत रहेका छन् ।
प्रतियोगितामा आय ५५ लाख, खर्च ५४ लाख ३४ हजार ८ सय र बचत ६५ हजार २ सय रुपैयाँ हुने अनुमान छ ।
पुरस्कार विवरण :
(पुरुष/महिला दुवै विधामा) प्रथम पुरस्कार : २ लाखसहित कप, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार : १ लाखसहित कप, मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार : ५० हजारसहित कप, मेडल र प्रमाणपत्र रहेकाे छ । यस्तै उत्कृष्ट खेलाडी, स्पाइकर, सेटर, ब्लकर र डिफेन्डरलाइ ५/५ हजारसहित कप र प्रमाणपत्र प्रदान गरिने भएकाे छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




