
पोखरा, १६ चैत । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘पाँचौ पोखरा स्पोर्ट्स अवार्ड २०७६/७७’ मा विभिन्न ४ विधामा मनोनयन सार्वजनिक गरिएको छ । मञ्चले आगामी वैशाख २० मा पोखरा सभागृहमा विभिन्न ७ विधामा अवार्ड वितरण गर्दैछ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यसपालि वर्ष २०७६/७७ दुवैलाई जोडेर संयुक्त रुपमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार (२ जना) लाई अवार्ड दिइने छ ।
जसमा वर्ष खेलाडी पुरुष विधातर्फ नवीन रसाइली (कराते), विनेश खनियाँ (टेबलटेनिस), सुमन अर्याल (फुटबल) परेका छन् ।
यस्तै, वर्ष खेलाडी महिला विधामा जमुना थापा (साइक्लिङ), पार्वती गुरुङ (तेक्वान्दो), प्रशंसा क्षेत्री (तेक्वान्दो) छन् ।
उदियमान खेलाडीतर्फ दुवाना लामा (पौडी), प्रदीप खड्का (लनटेनिस) र विपीन खत्री (क्रिकेट) छन् भने उत्कृष्ट प्रशिक्षकतर्फ आनन्द कुँवर (पौडी), किरण श्रेष्ठ (फुटबल) र सुरेश मल्ल ठकुरी (बक्सिङ) मनोनयन सूचीमा परेका छन् । तीमध्ये उत्कृष्ट १ जनालाई नगदसहित पुरस्कृत गरिने मञ्च अध्यक्ष एकराज गिरीले जानकारी दिए ।
वर्ष खेलाडी पुरुष र महिलालाई जनही २ लाख, उदियमान खेलाडी र प्रशिक्षकलाई जनही ३५ हजार रुपैयाँ, ट्रफी प्रदान गरिनेछ छ । यस्तै लाइफ टाइम अचिभमेन्ट प्राप्त गर्नेलाइृ चाँदीको करुवा, वर्ष उत्कृष्ट खेल संघलाई ३५ हजार र उत्कृष्ट पत्रकार (२) जनालाई जनही ३५/३५ हजार रुपैयाँ तथा ट्रफी प्रदान गरिनेछ । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई अघिल्ला वर्षहरुमा झैं ट्रफी प्रदान गरिने मञ्चका महासचिव विजय नेपालले बताए ।
राखेप सदस्य राजेश गुरुङले राखेपबाट तथा आफ्नो व्यक्तिगततर्फबाट के–कति सहयोग हुन सक्छ सहयोगको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खेलाडी छनोट समिति संयोजक रामकृष्ण ज्ञवालीले यो कार्यक्रम समग्र खेलकुद, खेलाडी र पत्रकारको हितमा भएको बताए ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




